विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
प्रभावितका लागि साढे १० लाख कित्ता २० गतेदेखि निष्कासन हुने

काठमाडौं । कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको सुपर मादी हाइड्रो पावर लिमिटेडले मंसिर २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ तथा पोखरा महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ का स्थानीइका लागि ७ लाख ३५ हजार कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि २ लाख १० हजार कित्ता सेयर छुट्याएको छ । वैदेशिक राेजगारीका गएका नेपाली नागरिकलाइ सेयर छुट्याउने याे पहिलाे कम्पनी हाे । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २  लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको नेपालीहरूका लागि छुट्याएको हो ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले भने ढिलोमा २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवैले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit