विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाग्लुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले साढे ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साधरण सेयर मंसिर २१ गतेबाट निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ५ करोड ५४ लाख रुपैयाँ बरारबर ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । स्थानीयआवेदन प्राप्त नभएको बाँकी १ लाख ४ हजार कित्ता र सेयरसहित सर्वसाधरणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । 

सर्वसाधरणका लागि निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात २७ हजार ७ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर सर्वसाधरण्का लागि निष्कासन गरिनेछ । 

सर्वसाधरणले न्यूनत्तम १० कित्ता सेयर १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा मंसिर २६ गतेसम्म र ढिलोमा पुष ६ गते सम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । बाग्लुङमा सञ्चालित ठेउले खोला जलविद्युत आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उतपादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit