विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले गत भदौ ५ गतेदेखि बिक्री खुल्ला गरेको ३६ लाख ५० हजार कित्ता सेयर आवेदन अवधि थप भएको हो ।

माग अनुसार आवेदन नपरेपछि आगामी असोज ४ गतेसम्म आवेदन अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले जिल्लाको अति प्रभावित आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने लाइनबाट प्रभावित सोही पालिका वडा नम्बर ४, सामान्य  प्रभावित सोही पालिकाको वडा नम्बर १, २ र ३ र न्यून प्रभावित जिल्लाको बाँकी सम्पूर्ण बासिन्दाका लागि सेयर निष्कासन गरेको छ ।

न्यून प्रभावित स्थानियले अतिप्रभावित सरह सेयर माग गर्दै साउन २९ गते कम्पनीको साइड कार्यालय, गाडी मोटरसाइकल तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए । तर, २०७६ माघ २५ गते बसेको  वैठकको निर्णय अनुसारनै आयोजनाबाट अति प्रभावित, प्रभावित, सामान्य प्रभावित, र न्यून प्रभावित क्षेत्र छुट्याइएको छ, त्यही अनुसार नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाइसकेकोले अब परिवर्तन गर्न नमिल्ने भन्दै सेयर आवेदन खुल्ला गरेको थियो ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले रसुवाको आमादोदिङ्गो गाउँपालिकामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट चालु आर्थिक वर्षभित्र उत्पादन सुरू गर्ने कम्पनीकाे लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit