विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेप्ली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ५ मेगावाटको सेप्ली खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । प्रदेश नम्बर १ को ओखलढुङ्गा जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले  राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना खोलाको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

खोलामा बाँध बाँधी पानीलाई १ हजार ७ सय २६ मिटर लामो हेडरेस पाइप हुँदै विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा रहेको २ वटा टर्वाइनमा जडान भएको २ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०८० भदौभित्र विद्युत उत्पादन सुरु गरिनेछ । आयोजनाबाट वार्षिक २९.८३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन मार्फत २.५ किलोमिटर दुरीमा रहेको आयु मलुन खोला जलविद्युत केन्द्रमा पुर्याइनेछ । यहाँसम्मको प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयु मलुन जलविद्युत केन्द्रबाट १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit