विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण पूरा भएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको ४२ किलो मिटर खण्डको परीक्षण गरिने भएको छ । सोलुखुम्बुको तिन्लादेखि उदयपुरको घुर्मीसम्म पर्ने प्रसारण लाइनको परीक्षण आइतबारबाट सुरु हुन लागेको हो । 

वन क्षेत्रको रुख विरुवा कटानका लागि स्वीकृति लिन समय लाग्ने देखिएपछि अहिलेलाई ४२ किलोमिटरको मात्रै परीक्षण गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘लाइन निर्माण पूरा भइसकेको वन क्षेत्रमा रुख कटानका लागि स्वीकृति लिन गरेको प्रस्ताव वन मन्त्रालयमा पुगिसकेको छ’,उनले ऊर्जा खबरसँग भने, ‘अहिलेलाई वन क्षेत्र बाहेकको रुटको लाइनको अवस्था ठिक छ/छैन भनेर परीक्षण गर्न लागेका हौं ।’

उनले वन क्षेत्रको रुख कटानको स्वीकृति मिलेपछि ९० किलोमिटर लाइनको परीक्षण गरेर सञ्चालनमा ल्याइने बताए । अहिलेलाई ४२ किलोमिटर प्रसारण लाइनको परीक्षण गरिए पनि यो खण्ड सञ्चालनमा ल्याउन सकिने छैन ।

प्रसारण लाइनको निर्माण १ महिना सम्पन्न भएको हो । विविध कारणले प्रसारण लाइन निर्माणमा भएको ढिलाइले पहिले नै काम सम्पन्न भइसकेको वन क्षेत्रमा हुर्किएका र थपिएका रुख विरुवा कटान गर्न पुनः स्वीकृति लिनुपर्ने भएपछि सञ्चालनमा ल्याउन समय लागेको छ ।प्रसारण लाइनको रुटमा ४ वर्षको अवधिमा बढेका २६४ रुख विरुवा फेरि कटान गर्नुपर्ने भएको छ ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिन्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । निर्माण सुरु भएको ५ वर्षमा यो प्रसारण लाइन सम्पन्न भएको हो । प्रसारण लाइनको रुटमा ३०२ वटा टावर निर्माण भएका छन् ।

विद्युत प्राधिकरणले यो प्रसारण लाइनमा प्रवाह हुने गरी ३२५ मेगावाटका १२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो प्रसारण लाइन सञ्चालनमा आउँदा सोलु कोरिडोरका आयोजनाको विद्युत प्रवाह हुनुका साथै स्थानीय क्षेत्रको विद्युत वितरण प्रणालीमा पनि सुधार हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आउना साथ २३.५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत प्रवाह हुनेछ । २०७६ चैतदेखि सञ्चालनमा आएको यो आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन् ।

हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत खेर गइरहेको थियो । यही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलू दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । 

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइनको ठेकेदार छनोटमा आएको विवादका कारण झण्डै दुई वर्ष ढिला काम सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit