काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्ने बताएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नवनियुक्त मन्त्री विराजभक्त श्रेष्ठसँगको छलफलपछि उनले यस्तो धारणा राखेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ । चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गरेको इथियोपिया । ऊर्जा तथा जलस्रोत मन्त्रालयले पूरै देश नै कायापलट गर्न सक्छ । म आफैँ बन्छु वा बन्दिनँ, त्यो ठूलो कुरा होइन तर देश बन्नु पर्छ । सकिन्छ भने ९०%+ हासिल गर्नुपर्छ । सकिँदैन भने पनि ६०–७०% भने जसरी पनि ल्याउनै पर्छ । यस्तो काम गर्ने मौकामा यो वा ऊ बहानामा रम्ने छुट हामीलाई छैन । तन–मनले देश बनाउन रात–दिन मेहनत गर्ने छु ।
आज करिब २ घण्टा मेरो धेरै लामो समयदेखिको सारथी विराज दाइसँग आफूले जानेको कुरा राखेँ र सकेको सहयोग गर्ने छु ।