विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दोलखा । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन सोमबार बिहानदेखि बन्द गरिएको छ । आउँदो हिउँदयाममा विद्युत् उत्पादन बढाउन विद्युत्गृह नै बन्द गरेर केन्द्रको जलाशय तथा बाँध क्षेत्रमा थुप्रिएको बालुवासहितको लेदोलगायत फोहर सफा गर्न लागिएको हो ।

बाँध क्षेत्र सरसफाइ गर्दा पानी बाँध क्षेत्रमै जम्मा गर्दै खोल्दै गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।  तामाकोसीमा मिसिने विभिन्न खोला तथा खोल्सीहरूले बगाएर ल्याउने गिट्टी, बालुवा, माटोलगायतका सामग्री बाँध क्षेत्रको जलाशयमा जम्मा हुने गरेका छन् । 

आयोजनाको २ किलोमिटर लामो बाँध क्षेत्रको आकार तथा जलाशयमा जलआयात बालुवा र गेग्रान थुप्रिदा घट्दै गएको छ । जलाशयमा सकेसम्म बढी पानी जम्मा गरी हिउँदका लागि विद्युत् उत्पादन बढाउन बाँध तथा जलाशय सफाइ गर्ने गरिएको अपर तामाकोसी हाइड्रोपावर डिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितले बताए । 

‘वर्षा याममा प्रयाप्त पानी हुन्छ, हिउँदमा नदीमा पानी घट्दै जान्छ,’ उनले भने, ‘दिन र रातमा नदीको पानी जम्मा गरेर बढी विद्युत्को माग हुने समय बिहान र साँझमा उत्पादन बढाउन अहिले बाँध सफा गरेका हौँ ।’ मध्ये वर्षात् भएकाले बाँध सफा गरिएको उनले बताए । 

खिम्ती–ढल्केबर प्रसारण लाइनमा समस्या आएर मर्मत जारी छ । यही मौका पारेर नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रको अनुमति लिएर बाँध सफाइमा लागेको उनले बताए । अहिले केन्द्रको उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने हुँदा यही बेला बाँध सफाइको कार्यक्रम बनाएको हो ।

‘बाँध सफा गर्न सबै गेटहरु पालैपालो खोल्दै, बन्द गर्दै पानी जम्मा गरेर जमेको बालुवा बगाउनु पर्छ,’ उनले भने ‘यसका लागि १२ घण्टा समय लिएर अहिलेको बाँधको सतह २ मिटर जति मात्रै घटाउँने लक्ष्य राखेका छौँ ।’ 

उनका अनुसार यस अघि असार र भदौमा २ पटक बाँध सफा गरिएको छ । त्यसपछि पनि माथिल्लो क्षेत्रमा आएको बाढी र पहिरोले गेग्रान ल्याएर बाँधमा थुप्रिएको छ । यी गेग्रान नहटाए जलाशयमा पर्याप्त पानी जम्मा गर्न सकिँदैन । त्यसले हिउँदमा साँझ र बिहानको विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन गाह्रो पर्न सक्छ । 

अहिले पनि गेटबाट पानी चुहिदाँ ४ सय देखि ४२० मेगावाटसम्म मात्रै उत्पादन हुँदै आएको छ । पर्याप्त पानी हुँदा पनि पूर्ण क्षमतामा विजुली उत्पादन हुन नसक्दा त्यसको असर आम्दानीमा परेको छ ।

‘लप्ची खोलामा निर्माणानीन जलविद्युत् आयोजनाहरूले लामाबगरदेखिको माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुङ्गा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर भरिएको छ । बाँध क्षेत्रमा बालुवा बगाउनका लागि स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान सकिँदैन । 

आयोजनाको जलाशयमा बाँधको भूसतहबाट १४ मिटर उचाइसम्म पानी भर्ने गरी डिजाइन गरिएको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनु पर्नेमा अहिले त्यसभन्दा ४ मिटर माथिसम्म भरिएको छ । यसले विगतको भन्दा २ पटक बढी सफाइ गर्न लागिएको हो । 

बाँधमा जम्मा भएको पानी फाल्ने जम्मा गर्ने गर्दा तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहन्छ । नदीको जलस्तर घटबढ हुँदा लामाबगरदेखि तल्लो तटीय क्षेत्रमा लुगा धुने, माछा मार्ने, मलामी जानेहरूका लागि सतर्कता अपनाउन समेत आयोजनाले सूचना जारी गरेको छ । 

बाँध र बालुवा थिगार्ने २ वटा पोखरी सरसफाइ गरी विद्युत् उत्पादन नियमित भएपछि  भने प्राधिकरणले पनि भारत निर्यात नियमित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३