विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको साढे ९ महिनामा ६९.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । चालू आवको साउनदेखि मध्य चैतसम्ममा ९ विद्युत आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका हुन् ।

यो अवधिमा एउटा चिनी उद्योग, २ सौर्य र ६ जलविद्युत गरी ९ आयोजना राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पटक २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना प्रणालीमा जोडिएको छ । चाकु ‘ए’ प्रणालीमा जोडिएसँगै निजी क्षेत्रको जडित क्षमता ७ सय ६१ मेगावाट पुगेको छ ।

सिन्धुपाल्चोकमा शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण गरेको चाकु ‘ए’ गत चैत ८ गते प्रणालीमा जोडिएको हो । निर्माण सुरु गरेको ८ वर्षमा सम्पन्न भई यो आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । यो आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छ । परीक्षण उत्पादन सुरु भएको एक साता भइसकेको छ । आयोजनाले अर्को सातादेखि व्यापारिक उत्पादन सुरु गर्नेछ ।

यस्तै, १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना पनि यही वर्ष प्रणालीमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको सौर्य विद्युत आयोजना गत फागुन २ गतेदेखि प्रसारण प्रणालीमा जोडिएको हो । यो नै अहिलेसम्म सञ्चालनमा आएको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना हो । 

यो सौर्य विद्युत आयोजनामा साढे ४ मेगावाटका २ वटा र १ मेगावाटको एउटा गरी ३ वटा उत्पादन युनिट रहेका छन् । करिब ९० करोड रुपैयाँ लागतमा यो सौर्य विद्युत आयोजना निर्माण भएको हो । सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गरिरहेको छ ।

यसैगरी, औद्योगिक घराना केसी समूहले लगानी गरेको साढे ४ मेगावाटको विजयपुर–२ आयोजना पनि प्रणालीमा जोडिएको छ । सिभिल हाइड्रो पावर कम्पनीले कास्कीमा निर्माण गरेको यो आयोजना गत माघ ३० गतेदेखि प्रणालीमा जोडिएको हो ।
आयोजनाले उत्पादन गरेको विद्युत लेखनाथ सबस्टेसनमा जोडिएको छ । विजयपुर–१ को क्यासकेड यो आयोजना ९५ करोड रुपैयाँ लागतमा निर्माण पूरा भएको हो ।

यो अवधिमा १ मेगावाटको हाँडीखोला, ३ मेगावाटको माथिल्लो रावाखोला, १२ मेगावाटको नामार्जुन मादी, ५ मेगावाटको घट्टे खोला जलविद्युत तथा साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना समेत प्रणालीमा जोडिएको विभागले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न हाँडिखोलाको गत भदौ १२ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो । खोटाङमा निर्माण भएको माथिल्लो रावाखोला गत असोज ४ गते प्रणालीमा जोडिएको हो ।

कास्कीस्थित मादी बेसिनमा निर्माण भएको १२ मेगावाटको नामार्जुन मादीले गत असोज १२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी प्रणालीमा जोडिएको हो । बुटवल सौर्य विद्युत आयोजनाले गत कात्तिक १५ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको प्राधिकरणले जनाएको छ । दोलखामा निर्माण सम्पन्न भएको ५ मेगावाटको घट्टेखोलाले गत कात्तिक २३ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

महोत्तरीस्थित एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन गरेको ३ मेगावाट विद्युत पनि प्रणालीमा जोडिएको छ । चिनी उद्योगको विद्युत गत माघ १२ गतेदेखि प्रणालीमा जोडिएको हो । चिनी उद्योगले उपकरण बाहेक १२ करोड रुपैयाँ लागतमा विद्युत गरी प्रणालीमा जोडेको हो । उद्योगसँग १२ मेगावाटसम्म विद्युत उत्पादन गर्ने उपकरण छन् ।

निर्माण पूरा भई परीक्षणको चरणमा रहेको ४२ मेगावाटको मिस्ट्री खोलाले चाँडै विद्युत उत्पादन सुरु गर्दैछ । अहिले यो आयोजनाको संरचनामा पानी भरेर परीक्षण हुँदैछ ।

सरकारले चालू आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १३ सय मेगावाट विद्युत प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । विद्युत प्राधिकरणले भने ८ सय २५ मेगावाट उत्पादन गर्ने प्रक्षेपण गरेको छ । माथिल्लाे तामाकाेसीकाे पहिलाे युनिट बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ । असारभित्र बाँकी ५ वटा युनिट पनि सञ्चालनमा ल्याउने गरी अहिले अन्तिम चरणकाे निर्माण भइरहेकाे छ ।

यो वर्ष माथिल्लो तामाकोसीसहित ४ मेगावाटको माथिल्लो लोहोरे खोला, ९.५ मेगावाटको माईबेनी, ६.६ मेगावाटको सपसुप खोला, ३.२ मेगावाटको गेलुन खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ प्रणालीमा जोडिने भएका छन् ।

२७ मेगावाटको दोर्दी खोला, ५२.५ मेगावाटको लिखु–४, ४.८ मेगावाटको खोरुङ्गा खोला, १४.८ को माथिल्लो सान्जेन र मेगावाट ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले पनि उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit