images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गणेश हिमाल हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको खनियाबास, गंगाजमुना र नेत्रावती गाउँपालिकाको सिमाना भई बग्ने आँखुखोलामा अघि बढ्न लागेको आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

आँखु खोला-२ मा ९६ करोड रुपैयाँ अर्थात स्वँपूजीको ६० प्रतिशत ऋण लगानी गर्ने गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनामा आवश्यक लगानीको स्रोत व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्ने तयारी भइरहेको छ ।

आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँ बराबरको १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी भइरहेको छ । हकप्रद सेयर निष्कासन पश्चात प्राप्त भएको १ अर्ब ६० करोडमध्ये ९६ करोड रुपैयाँ आयोजनामा स्वपूँजी लगानी गरिनेछ । बाँकी रकम कम्पनीको बैंक तथा वित्तिय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

आँखु खोला-२ नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यसको डिजाइन बहाव २७.७३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२२.१६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू आँखु खोलाको दायाँ किनारामा रहनेगरी डिजाइन तयार पारिएको छ । आँखुखोलामा बाँध बाधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक पाइपबाट पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ ।

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत ११ केभी प्रसारण लाइन मार्फत ५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रस्तावित लपाङ सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनबाट २०८३ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा ८.४० मेगावाटको आँखुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० भदौ ८ गतेदेखि व्यावसायिक बिजुली उत्पादन गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit