विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञाको बेलामा पनि स्मार्ट विद्युत मिटर जडानको काम धमाधम गरिरहेको छ । प्राधिकरणले प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घरमा सिंगल तथा थ्रीफेज स्मार्ट मिटर जडान  कार्यलाई निरन्तरता दिएको हो । 

अहिले महाराजगन्ज वितरण केन्द्र अन्तर्गत बुढानिलकण्ठ क्षेत्रमा स्मार्ट मिटर जडान कार्य भइरहेको आयोजना प्रमुख रबिन्द्र श्रेष्ठले बताए । ‘उपत्यकामा निशेधाज्ञा भए पनि हामीले स्मार्ट मिटर जडानको काम रोकेका छैनौं,’ उनले ऊर्जा खबरसँग भने, ‘३० वटा समूहले धमाधम काम गरिरहेका छन् ।’

उनले निशेधाज्ञाका कारण प्रहरीले ठाउँ–ठाउँमा चेकजाँच गर्दा सबै कामदार लैजान कठिनाई भएको बताए । शुक्रबार सबै कामदार लैजान कठिनाई भए पनि शनिबार ठूलो बसको व्यवस्थापन गरेर कामदार काम भइरहेको क्षेत्रमा लैजाने तयारी गरेको पनि उनले बताए ।

‘भोलिदेखि घरबाटै कामदार लिएर कार्य स्थलसम्म लैजाने र फेरि घरमै छोड्ने गरी बसको व्यवस्था गरेका छौं । यसो गर्दा ४० देखि ४५ वटा समूह घटाउन सकिन्छ’ उनले भने । उनले कुनै अवरोध नभएमा अबको ३ महिनामा दुवै वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसक्ने योजना रहेको बताए ।

अहिलेसम्ममा करिब ५० हजार स्मार्ट विद्युत मिटर ग्राहकको घरमा जडान भइसकेका छन् । स्मार्ट मिटर जडान कार्य यसअघि नै पूरा भइसक्नु पर्ने भए पनि १० बजेपछि ग्राहक घरमा नभेटिने हुँदा बढी समय लागेको पनि श्रेष्ठले बताए ।

पहिलो चरण अन्तर्गत २ वितरण केन्द्रका ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान भइरहेको छ । प्राधिकरणले स्मार्ट मिटर जडान भएका ग्राहकलाई एसएमएसबाट खपत गरेको विद्युत महसुलको बिल पठाउने गरेको छ । स्मार्ट मिटर जडानपछि प्राधिकरणको हरेक महिना मिटर रिडिङमा हुने खर्च कटौती भएको छ ।

स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत जडान कार्य सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ । आयोजनाअन्तर्गत दोस्रो चरणमा काठमाण्डौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit