विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशका ५ जिल्लामा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । कास्कीस्थित १३२ केभी लेखनाथ सबस्टेसनको मर्मत गर्न विद्युत लाइन काटिँदा सेवा अवरुद्ध हुने भएको हो ।

सबस्टेसन मर्मत अवधिभर प्रदेशका कास्की, पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाको विद्युत आपूर्ति पूर्णरूपमा बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले जनाएको छ । ग्रिड शाखाका अनुसार बिहान १० बजेदेखि अवरुद्ध विद्युत सेवा दिउँसो २ बजेबाट सुचारु हुनेछ ।

विद्युत आपूर्ति बन्द हुँदा सबै जिल्लामा ४ घन्टासम्म सेवा प्रभावित हुनेछ । सबस्टेसनको मर्मत कार्य तोकिएको समय अगावै पूरा भएमा भने आपूर्ति चाँडै सुचारु हुने ग्रिड शाखाले जानकारी दिएको छ ।

यस्तै, नुवाकोटको देवीघाट सबस्टेसनबाट धादिङ वितरण केन्द्र आउने तथा जहारे–धादिङबेंसी–सल्यानटार जाने ३३ केभी प्रसारण लाइनको बुस कटिङका लागि विद्युत लाइन काटिने भएको छ । यस क्षेत्रमा बिहान ७.३० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

बुस कटिङ अवधिभर आपूर्ति बन्द हुने हुँदा निलकण्ठ, ज्वालामुखी, सिद्धलेख, गंगाजमुना, नेत्रवती, बेनीघाट, रोराङ, गजुरी, गल्छी, थार्के, त्रिपुरासुन्दरी आरुघाट लगायत स्थानको सेवा प्रभावित हुने धादिङ वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit