विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण पूरा भई परीक्षणको चरणमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका सबै युनिट सञ्चालन भई पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन अझै ४ महिना लाग्ने भएको छ । ठूलो आयोजना र परीक्षणका धेरै चरण पार गर्नुपर्ने हुँदा समय लाग्ने देखिएको हो ।

हतारमा सञ्चालनमा ल्याएर पछि समस्या आए ठूलो क्षति बेहोर्नुपर्ने हुँदा परीक्षण र सुरक्षाका सबै उपाय अवलम्बन गर्दै काम गर्नुपर्ने अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘चरणबद्धरूपमा परीक्षणका काम पूरा गरी हरेक युनिटबाट विद्युत् उत्पादन हुँदै जान्छ,’ उनले भने ।

कम्पनीले परीक्षणका चरण र सबै युनिट सञ्चालनमा आउन लाग्ने समय खुलाएर बिहीबार (बैशाख १६ गते) विज्ञप्ति समेत जारी गरेको छ । बिहीबार नै सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी भरिएको छ । त्यसको शुभारम्भ गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सञ्चार तथा सूचना मन्त्री पावर्त गुरुङ, ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको टोली आयोजनास्थल पुगेको थियो ।

कोरोना महामारीको त्रास, सरकारले गरेको लकडाउन र स्थानीयबासी समेतलाई हिँडडुलमा रोक लगाइए पनि तामाकोसीको परीक्षणमा सरकारका प्रतिनिधि उपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबका कारण पनि आयोजना परीक्षणको काम हतार–हतारमा गरिएको देखिन्छ ।

आयोजनाका अनुसार पहिलो चरणमा सिभिल संरचनाहरू तथा हाइड्रो मेकानिकल अन्तर्गत गेटहरू, म्यानहोल, भल्भहरू, पेनस्टक पाइपका जोडाइहरूको परीक्षण (सुख्खा अर्थात् उपकरण परीक्षण हुन्छ । त्यसपछि, वाटर वेयज (इन्टेक कल्भर्ट, सेटलिङ बेसिन, मुख्य सुरुङ, पेनस्टक) मा पानी भरी ती संरचना र उपकरणहरूको परीक्षण (वेट टेस्ट) हुनेछ ।

वेट टेस्न गरिसकेपछि दोस्रो चरणमा विद्युत्गृहका ६ वटा युनिटहरूमध्ये पहिलो युनिटदेखि टेस्टेङि कमिसनिङ गरी विद्युत् उत्पादन गर्दै जाने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । पहिलो चरणको परीक्षण सक्न करिब दुई साता र दोस्रो चरणको परीक्षण गर्न ३ देखि ४ महिना लाग्ने आयोजनाको अनुमान छ ।

अहिले आयोजनाको भर्खर वेट टेस्ट (पानी परेर उपकरण परीक्षण) को काम सुरु भएको छ । यस हिसाबले ६ वटै युनिट परीक्षण सकेर सबैबाट एक साथ विद्युत् उत्पादन गर्न करिब ४ महिना लाग्ने देखिन्छ । यद्यपि, पहिलो युनिटबाट भने आगामी जेठ दोस्रो सातासम्म विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

यसअघि, बैशाख अन्तिमसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । उपकरण परीक्षणमा समय लागेपछि पहिलो युनिट सञ्चालन जेठ ३ गते तोकियो । तर, परीक्षणको कामलाई हतार गर्न नहुने र सुरक्षाका सबै उपाय अपनाउनुपर्ने हुँदा काम सकेपछि मात्र विद्युत् उत्पादनमा जाँदा जेठ दोस्रो साता पुग्ने बताइएको छ ।

कम्पनीका अनुसार सुरुमा इन्टेक कल्भर्ट र सेटलिङ बेसिनमा पानी भरिनेछ । त्यसपछि चरणबद्धरूपमा पेनस्टक र सुरुङमा पानी भरिनेछ । यसरी पानी भर्दा ९ वटा चरणहरूमा इन्टेकबाट थोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घन्टासम्म रोक्दै सुरक्षामा विशेष सतर्कता अपनाउँदै सुक्ष्मरूपमा संरचना र उपकरणहरूको परीक्षण हुनेछ । परीक्षणको क्रममा कुनै जटिल समस्या नआए यो काम करिब १२–१३ दिनमा पूरा गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न गोंगरस्थित विद्युत्गृहबाट  २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ४७ किलोमिटर टाढा नयाँ खिम्ती सबस्टेसनमा पुर्याइनेछ । प्रसारण लाइनको काम २०७६ असारमै पूरा भएको थियो । उता २२०÷१३२ केभी सबस्टेसनको काम पनि पूरा भएर परीक्षणको चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०६७÷६८ मा निर्माण सुरु भएको आयोजना ढिलो हुनुमा, मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ सालमा गएको महाभूकम्प, अन्य प्राकृतिक प्रकोप, लट–२ को ठेकेदारको कमजोर कार्यसम्पादन रहेको कम्पनीको निष्कर्ष छ । पछिल्लो समय विश्वभरि फैलिएको कोरोना महामारीले पनि अन्तिम चरणको कामलाई प्रभावित पारेको छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit