विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तेस्रो युनिटबाट विद्युत उत्पादन सुरु भएको छ । आयोजनाको तेस्रो युनिटको ७६ मेगावाट विद्युत शुक्रबार बेलुका ७ बजेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत उत्पादन भइरहेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका उप–प्रबन्धक पूर्णगोपाल रन्जितले बताए । उनका अनुसार अब बाँकी ३ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

‘साउन पहिलो हप्ता भित्रै तेस्रो युनिट सञ्चालन गर्ने योजनाअनुरूप नै हिजो थप ७६ मेगावाट विद्युत प्रणालीमा जोडेका छौं,’ उनले ऊर्जाखबरसँग भने, ‘साउन मसान्तभित्र चौथो युनिट पनि जोडिन्छ ।’ उनले अबको भदौ महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने बताए ।

आयोजनाको विद्युतगृहमा ६ वटा युनिट छन् । हरेक युनिटको क्षमता ७६ मेगावाट छ । गत असार २१ गते (सोमबार) तामाकोसीको पहिलो युनिट र असार २९ गते दोस्रो युनिटबाट उत्पादन सुरु गरिएको थियो ।

आयोजनाले उत्पादन गरेको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा पुर्याइएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ ।

यसो हुँदा विद्युतको उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३