विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन नजिक आइरहँदा सत्तासिन दल नेपाली कांग्रेसले आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (कात्तिक १२ गते) सार्वजनिक गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ मा उक्त विषय उल्लेख गरिएको हो ।

कांग्रेसले ‘स्वच्छ ऊर्जा उत्पादन : दिगो विकासको आधार’ मूल नाराका साथ आगामी पाँच वर्षमा विद्युत उत्पादनमा उल्लेख्य प्रगति गर्ने लक्ष्य राखेको छ । निर्माणाधीन, निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट आर्थिक वर्ष (आव) २०८४/८५ सम्म देशभित्र करिब १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको पार्टीको संकल्पमा उल्लेख छ । अहिले करिब ३५०० मेगावाटका विद्युत आयोजना निर्माणाधीन र ५००० मेगावाटका निर्माणमा जाने तयारीमा छन् ।

संकल्पमा ‘नेपालको पूर्वाधार र प्रसारण लाइन निर्माणमा सुस्तता रहेकाले उपलब्ध जलस्रोतको अधिकतम सदुपयोग गर्न, विद्युतको बहुप्रयोग बढाउन, विद्युत पहुँचका लागि वितरण प्रणालीको उपलब्धता र आपूर्तिको विश्वसनीयता बढाउँदै ऊर्जा निर्यातको दीर्घकालीन सुनिश्चितता खोज्न आवश्यक पूर्वाधार र कुटनीति बलियो बनाइने’ उल्लेख छ ।

ऊर्जा तथा जलस्रोत विकासका सन्दर्भमा घोषणापत्रमा समावेश विषयहरू

१) पाँच वर्षमा ४०० केभी क्षमताको पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने

२) बुटवल–गोरखपुर अन्तर्राट्रिय प्रसारण लाइन निर्माण सम्पन्न गरी लम्की–बरेली लगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा प्रसारण लाइनको अध्ययन पश्चात लाभदायक देखिएमा पीपीपी मोडलमा आन्तरिक र बाह्य स्रोत परिचालन गरी निर्माण कार्य सुरु गर्ने,

३) राष्ट्रिय प्रसारण लाइन प्रणाली विकास योजना अन्तर्गत रहेका नदी बेसिनलगायत अन्य प्रसारण लाइनकोे निर्माण कार्यमा देखिएका मुख्य अवरोधको सम्बोधन गर्ने, लाइन निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति ल्याउने,

४) प्रसारण लाइन निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्युत उत्पादन क्षेत्रमा पहुँचमार्ग, प्रसारण लाइनलगायत पूर्वाधारमा निजी क्षेत्रलाई आंशिक रकम शोधभर्नाको नीति ल्याउने,

५) कृषि, उद्योग, व्यापार र घरयासी आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युत खपत १२०० युनिट पुर्याउने,

६) जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रीन हाइड्रोजन तथा ग्रीन अमोनियाको उत्पादन तथा बिक्री गरी आर्थिक उपार्जन गर्ने,

७) ऊर्जा सुरक्षाका लागि सन्तुलित ऊर्जा सम्मिश्रण (रन अफ रिभर र जलाशययुक्त) आयोजना निर्माण गर्न विशेष प्राथमिकता दिइने नेपालको कूल ऊर्जाको १० प्रतिशतभन्दा बढी वैकल्पिक ऊर्जा स्रोतबाट प्राप्त गर्न ग्रीड जडित सौर्य ऊर्जा, सौर्य फार्म, जैविक तथा वायु ऊर्जाजस्ता प्रविधि परिचालन गर्ने,

८) सन् २०१७ मा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले ल्याएका स्थानीय सरकारको सहभागितामा वितरण प्रणालीमै प्रत्यक्ष उत्पादन जोड्दै ग्राहकलाई नजिकबाट सेवा दिने योजना कार्यान्वयन गर्ने, कृषि उत्पादन बढाउनका लागि पहाडका टार र तराई–मधेशमा विद्युतीय लिफ्ट सिँचाइ परियोजनालाई सहुलियत दिने,

९) आयातित ग्यास र अन्य परम्परागत इन्धनलाई विस्थापन गर्न विद्युतीय चुलोको वितरण र प्रयोगलाई व्यापक वित्तीय प्रोत्साहन दिने, राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी स्थानीय तथा प्रादेशिक सरकारमार्फत कार्यान्वयन गर्ने,

१०) राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी स्थानीय र प्रादेशिक सरकारमार्फत कार्यन्वयन गर्ने,

११) संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी करिब ५० प्रतिशत खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने,

१२) भूमिगत सिँचाइ, विद्युतीय तथा सौर्य लिफ्ट सिँचाइ, साना सिँचाइ, स्थानीय प्रविधि, थोपा सिँचाइ प्रविधि एवम् आकाशे पानी संकलनद्वारा सिँचाइ प्रणाली विस्तार गर्ने,

१३) सुनकोसी–कमला तथा भेरी–बबई डाइभर्सनलगायत अन्य बहुउद्देश्यीय आयोजना सम्पन्न गर्ने, रानी–जमरा–कुलेरिया तथा महाकाली सिँचाइ आयोजनालगायतका निर्माणाधीन सिँचाइ आयोजनालाई पनि तोकिएको समयमा पूरा गर्ने,

१४) ७५ प्रतिशत घरधुरीमा पाइप मार्फत पानी पुर्याउने र आगामी ५ वर्षमा ९५ प्रतिशत बढी जनसंख्यालाई आधुनिक सरसफाई प्रणालीमा आवद्ध गरी सबै सहरमा फोहरपानी ट्रिटमेन्ट परियोजनासहित दिगो ढल प्रणाली बनाउने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit