विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको काम ९२ प्रतिशत पूरा भएकाे छ । सान्जेन जलविद्युत कम्पनीले अबकाे ७ महिनामा उत्पादन सुरु गर्ने गरी काम अन्तिम चरणमा पुर्याएको हाे ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायतका सिभिल संरचनाको काम ९९ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको सिभिल संरचनाको काम सकिन लागेको हो ।

आयोजनाको इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ । हालसम्म करिब ६५ प्रतिशत जडान पुरा भएको छ । बाँकी, उपकरण जडानको काम ७ देखि ९ महिनाभित्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

गत वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा जडानको काम पनि ढिला भएको कम्पनीले जनाएको छ । अहिलेपनि उपकरण आयात भइरहेको छ ।

आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ । हाइड्रोमेकानिकल उपकरण जडानको काम ९१ प्रतिशत सम्पन्न भएको छ । यस लट अन्तर्गत बाँध क्षेत्रको इन्टेक, डिसान्टर, फ्लसिङ क्यानलमा आवश्यक गेट, ट्रयास र्याक जडानको काम सम्पन्न भएको छ ।

यसैगरी, पेनस्टक पाइप जडानको काम पनि सम्पन्न भएको छ । विद्युतगृहमा कनेक्टिङ पाइपलगायतका जडानको काम सकिएको छ । यस लटको अन्तिम चरणको बाँकी काम भइरहेको छ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी ७ देखि ९ महिना भित्र विद्युत उत्पादन सुरु हुनेछ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामाे प्रसारण लाइनको काम पूरा भएको छ  । लाइनमा २० वटा टावर छन् ।

यही कम्पनीले ४२.५ मेगावाटको माथिल्लो सान्जेनको क्यासकेड सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको पनि ८३ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाबाट पनि आगामी ११ महिनाभित्र उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit