images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सिँचाइ नहरको पानीको प्रयोग गरि उत्पादन भएको विद्युत् मंगलबार (माघ १६ गते) देखि प्रणालीमा जोडिएको हो ।

आयोजनाको सबै संरचनाको परीक्षण पूरा गरी हिजोदेखि उत्पादीत विद्युत् प्रणालीमा जोडिएको सिनियर डिभिजनल इन्जिनियर वीर सिंह धामीले बताए । ‘यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ,’ उनले भने, ‘बाह्रै महिना एकनासको विद्युत् उत्पादन हुने र कन्चनपुरको महेन्द्रनगरदेखि दाङको लमहीसम्मको पश्चिम तराईमा एकमात्र विद्युत् केन्द्र भएकोले यो क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति गर्न यसको महत्वपूर्ण योगदान हुनेछ ।’

विद्युत् गृहमा ३ वटा युनिट जडान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ६.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको लम्की सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन सिँचाइ आयोजना आफैले निर्माण गरेको हो ।

आयोजनाबाट यसअघि नै विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि गत वर्ष कर्णालीमा आएको बेमौसमी बाढीलगायतका कारणले ढिला भएको पनि उनले बताए ।

कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ यो आयोजनाको काम सुरु गरिएको थियो । सरकारले २०६६/६७ बाट आधुनिक रूपमा रानीजमरामा नहर निर्माण सुरु गरेको थियो । तर, स्थानीय किसानले भने १ सय २० वर्षभन्दा पहिलाबाट ‘किसान व्यवस्थित आयोजना’का रूपमा नहर निर्माण गर्दै आएका थिए । सरकारले यसको काम ८औं (२०४९–५४)योजनादेखि नै सञ्चालन गर्ने लक्ष्य लिएपनि विविध कारणले अघि बढाउन सकेको थिएन् ।

अहिले यो सिँचाइ नहरबाट २०८० वैशाख २५ बाट पानी पठाउन थालिएको छ । ९ किलोमिटर लामो मूल नहरबाट करिब १५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit