विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालले बंगलादेशका उद्योगी–व्यवसायीसहितका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेको छ । वैशाख १६ र १७ गते नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशी लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले बंगलादेशस्थित नेपाली राजदूताबासले ढाकामा आयोजना गरेको एक सेमिनार कार्यक्रममार्फत यस्तो आग्रह गरिएको हो । 

कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालको विद्युत्, भौतिक पूर्वाधार, पर्यटनसहितका सेवा क्षेत्र, औषधिजन्य उद्योग, सूचना–प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यी क्षेत्रमा लगानी गर्दा मनग्य प्रतिफल प्राप्त हुन् समेत उनले जानकारी गराए ।

कार्यक्रममा बंगलादेशाक ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन समेत आपसी लगानी अभिवृद्धिले सहयोग पुर्याउने बताए । ऊर्जा क्षेत्रमा बंगलादेशले बढाएको सहकार्यबारे बताउँदै उनले बंगलादेशको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न दुई देशबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृति सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी गराएका थिए । त्यस्तै, बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनसम्बन्धी जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए ।

सेमिनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले नेपालको आसन्न लगानी सम्मेलनमा भाग लिन आह्वान गरेको सन्देशमूलक भिडियो प्रस्तुत गरिएको थियो । सेमिनारमा बंगलादेशका सांसद, उच्चपदस्थ सरकारी अधिकारी, उद्योगी–व्यवसायीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit