विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछाप जिल्लाको खाडादेवी र सुनापाती गाउँपालिकाको विद्युत आपूर्ति सुधार गर्नका लागि निर्माण गरिएको ३३/११ केभी राकाथुम सबस्टेसनको काम सकिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सबस्टेसनको काम सम्पन्न भएको हो ।

सबस्टेसनको काम पूरा गरी परीक्षण सुरु भएको प्राधिकरण रामेछाप वितरण केन्द्र प्रमुख दिपेन्द्र बुढाथोकीले बताए । ‘रामेछापको खाडादेवी र सुनापाती, सिन्धुलीको सुनकोसी गाउँपालिका र काभ्रेपलाञ्चोकको केही स्थानका विद्युत आपूर्ति गुणस्तर र भरपर्दो बनाउन यो सबस्टेसन निर्माण भएको हो’, उनले ऊर्जा खबरसँग भने, ‘अहिले सबस्टेसनको काम पूरा भइ परिक्षणको चरणमा छ, एक साताभित्र चार्ज हुनेछ ।’

सबस्टेसनबाट ५ वडा फिडर निकाल्ने गरी निर्माण भइरहेको छ । जसमध्ये एउटा सुनकोसी गाउँपालिका, एउटा काभ्रेपलाञ्चोक र एउटा सुनकोसी–३ जलविद्युत आयोजनामा जानेछ । सुनापाती र खाडादेवी गाउँपालिका यसअघि करिब २५ किलोमिटर दुरीमा रहेको मन्थली सबस्टेसनबाट विद्युत आपूर्ति हुने गरेको थियो । फिडर लामो भएपछि सेवा गुणस्तर र भरपर्दो नभएपछि यो सबस्टेसन निर्माण भएको हो ।

सबस्टेसनमा १६ एमभिएको ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको काम ३ वर्षअघिदेखि सुरु गरिएको थियो । केन्द्र अन्तर्गत करिब ३६ हजार २ सय ग्राहक छन् । केन्द्र अन्तर्गतका ग्राहकले महसुल दैनिक रुपमा बुझाउँदै आइरहेकाे पनि बुढाथाेकीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit