विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनीले आफ्ना सेयरधनीका लागि १४७.५२ प्रतिशत (१ः१.५२ अनुपात) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालै घोषणा भएको ३६.५० प्रतिशत बोनस सेयर वितरणपछि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

बोनस सेयर वितरणपछि हुन आउने चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १४७.५२ प्रतिशत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर बिक्रीको प्रक्रिया अघि बढाइने भएको छ । यसअघि कम्पनीले गत आर्थिक वर्ष (२०७६/७७) को नाफाबाट करबाहेक ३६.५० प्रतिशत बोनस दिने घोषणा गरेको थियो । आकर्षक बोनस दिने घोषणापछि दोस्रो बजारमा राधीको सेयर मूल्य बढिरहेको छ । राधीको सेयर किन्न लगानीकर्ता आकर्षित भएका छन् । 

कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले लमजुङमा निर्माण गरेको ४ मेगावाटको राधी जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit