विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपालका उद्योगहरूमा लोडसेडिङ्ग यथावत राखेरै भारततर्फ विद्युत् निर्यात गरेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआई) ले गम्भीर आपत्ति जनाएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात सुरु गरेको सूचना बिहीबार सञ्चार माध्यमहरू मार्फत दिएको थियो । यही विषयमा सिएनआईले शुक्रबार एक विज्ञप्ति जारी गरी यस्तो आपत्ति जनाएको हो ।  

‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौँ,’  विज्ञप्तिमा भनिएको छ, ‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौँ । तर, प्राधिकरणले विद्युत् आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।’ 

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रवर्द्धनमा सहयोग गर्नुपर्ने भन्दै परिसंघले उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत भएमात्र निर्यात गर्न आग्रह गरेको छ । 

याे पनि–  यो वर्ष हिउँदमा १५ अर्बको विद्युत् आयात, अब निर्यात् सुरु

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३