विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानी सम्बन्धि कार्य अनलाइनमार्फत गर्न ग्राहक वर्गमा आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गरी कोरोना (कोभिड–१९) माहामारीका कारण मिटर रिडिङ तथा बिलिङ गर्न कर्मचारी खटाउन सक्ने अवस्था नरहेको भन्दै ग्राहकलाई नै यी कार्य आफैं गरी अनलाइनबाट महसुल तिर्न आग्रह गरेको हो ।

ग्राहकले आफ्नो मिटरमा उठेको खपत युनिट सम्बन्धित वितरण केन्द्र वा हटलाइन नम्बर ११५० मा सम्पर्क गरेर टिपाई तिर्नुपर्ने बिलको विवरण प्राप्त गर्न सक्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । प्राधिकरणका अनुसार यो बाहेक पनि ग्राहकले धधध।अयलकगmभच।लभब।यचन।लउ मा लगइन गरी प्राप्त निर्देशनअनुसारको विवरण भरेर वा प्राधिकरणको मोबाइल एपको प्रयोग गरी ‘सेल्फ मिटर रिडिङ’ गरेर महसुल भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले बिलिङ सम्बन्धी जानकारी एसएमएसबाट प्राप्त गर्ने सुविधा पनि प्राधिकरणले दिएको छ । यसका लागि प्राधिकरणको वेवसाइटमा राखिएको केवाइसी फारम अपडेट गरेर, सम्बन्धित वितरण केन्द्रको फोन नम्बरमा सम्पर्क गरेर वा हटलाइन नम्बर ११५० मा सम्पर्क गरी बिल भुक्तानी गर्ने कार्यालयको नाम, ग्राहक आइडी, ग्राहक नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना टिपाउन आग्रह गरेको गरिएको छ ।

सम्बन्धित कार्यालय वा हटलाइनमा फोन सम्पर्क गरी तथा सेल्फ मिटर रिडिङ गरेर प्राप्त हुने बिलको विवरणअनुसारको महसुल अनलाइन प्रविधिबाट भुक्तानी गर्न सकिने सूचनामा भनिएको छ । यी सबै विधिबाट रिडिङ भएको खपत युनिटअनुसारको बिलको भुक्तानी इ–सेवा, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, पे पोइन्ट नेपाल, आइएमइ पे, खल्ती, सिएफएस रेमिटलगायत सेवा प्रदायकको सुविधा लिएर गर्न सकिने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit