विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले १५.१५ मेगावाटको अप्पर ब्रम्हायणी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने न्याम्ना मसाल खोलाको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भइसकेकाे छ । कम्पनीले प्रतिवेदन स्वीकृतिका लागि वन तथा मन्त्रालयमा पठाएकाे छ ।मन्त्रालयले प्रतिवेदनमाथि सराेकारवालासँग लिखित राय/सुझाव माग गरेकाे छ । इच्छुकले ७ दिनभित्र आइपुग्ने गरी आफ्नाे राय पठाउनुपर्नेछ ।

प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ४.०२ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ४६३.०० मिटर र नेट हेड ४४४.४४ मिटर हुने गरी प्रस्ताव गरिएकाे छ । आयोजनाबाट वार्षिक ८९.०९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ६२.३३ गिगावाट घन्टा र सुख्खायाममा २६.७२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरूमा वेयर, अण्डरस्लुइस, इन्टेक, ग्राभेल ट्रयाप, एप्रोच क्यानल, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्जसाफ्ट, प्रेसर टनेल, पेनस्टक पाइप, विद्युत गृह तथा टेलरेस क्यानल रहेका छन् । आयोजनाको लागि कुल ८.८ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit