images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूका लागि पढाइसँगै स्वरोजगारका विविध व्यवसाय गर्ने गरी अवसर अघि सारेको छ । इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी रोजगारी प्रदान गर्न स्वतःरोजगारी कार्यक्रम सार्वजनिक गरेको केयुले पढ्दै व्यवसाय गर्न सक्ने गरी अर्को योजना अघि सारेको हो ।

७० जनालाई रोजगारी प्रदान गर्न स्वतः रोजगारी कार्यक्रम सार्वजनिक गरेको केयुले थप रोजगारी सिर्जना तथा आर्थिक विकासका लागि स्वरोजगारी र व्यवसाय विकासका गर्न ‘विजनेश इन्क्युबेशन सेन्टर’मार्फत विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यवसायमा प्रोत्साहन एव सहयोग गर्ने योजना ल्याएको हो । यस अन्तर्गत विश्वविद्यालयमा अध्यननरत विद्यार्थीहरूबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने विश्वविद्यालयको योजना छ ।

यस योजना कार्यन्वयनका लागि विश्वविद्यालय अनुदान आयोगबाट १ करोड रुपैयाँ सहयोग प्राप्त भएको केयुले जनाएको छ । केयुले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले ऊर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ । यसका लागि एक करोडको अक्षय कोष स्थापना गर्ने तथा यसबाट ब्याजमा आएको रकम समेत विद्यार्थीले पढ्दै गर्न सक्ने योजनालाई अघि बढाइएको छ ।

विश्वविद्यालयबाट नविनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरि आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ । आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ ।

त्यस्तै केयु अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना भएको छ । सो सेन्टरमा अत्याधुनिक उपकरणहरू पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरणसम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने पनि केयुले जनाएको छ ।

कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी ‘नलेज युटिलाइजेशन, इन्क्युबेशन एण्ड इनोभेशन सेन्टर (केयुआईआईसी) को पनि स्थापना गरेको छ । विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पून नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ । यस कम्पनीले लगानीका साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ ।

केयुमा सन् २०१४ मै काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो । देशकै शैक्षिक संस्थामा पहिलो यस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नविन्तम सोचहरूलाई व्यापारका रुपमा परिणत गरेको थियो । केयुले आन्तरिक स्रोतबाट सञ्चालन गरेको सो सेन्टर हाल केयुले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit