काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार (असोज ५ गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि बस्ने कम्पनीको आगामी पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।
कम्पनीका अनुसार हालको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशतका दरले १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ । त्यस्तै, ०.७८९ प्रतिशत नगद लाभांशबापत कर प्रयोजनसहित ६७ लाख ९४ हजार ६५४ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।
कम्पानीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा ९.५ मेगावाट क्षमताको मध्य सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ ।