विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्न लगानी जुटाउने प्रतिवद्धता जनाएको छ । केन्द्रले सोमबार (कात्तिक १४ गते) निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्दै अहिले निर्माण प्रक्रियामा रहेका बाहेक थप उक्त क्षमताका आयोजना निर्माण गर्न लगानी जुटाउने भएको हो ।

केन्द्रले ‘नेपालको पानीमा गरौं लगानी, जलस्रोतमै छ संभावनाको खानी’ मूल नाराका साथ जलविद्युत विकासलाई समृद्धिको आधारको रुपमा प्रवर्द्धन गरी लगानी प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । अहिले करिब ३५०० मेगावाटका आयोजना निर्माणाधीन र ५००० मेगावाटका आयोजना निर्माणमा जाने तयारीमा छन् ।

यस्तै, थप ५ हजार मेगावाटका जलविद्युत आयोजनाको पिपिए (विद्युत खरिद सम्झौता) गर्ने लक्ष्य राखिएको छ । आगामी ५ वर्षमा कुल विद्युत उत्पादन ८ हजार मेगावाट पुर्याउने केन्द्रको लक्ष्य छ ।

ऊर्जा उत्पादन क्षेत्रमा लगावनी आकर्षित गर्नका लागि लाइसेन्स प्रक्रिायालाई सहजीकरण गर्न र अनियमिततालाई अन्त्य गर्न एकद्धार अनलाइन प्रणाली स्थापित गर्न आवश्यक कानूनी व्यवस्था र प्रविधि विकासमा जोड दिने केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit