विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी डबल सर्किट कालीगण्डकी कोरिडार प्रसारण लाइनको दाना–कुस्मा खण्ड पुस मसान्त (२९ गते) मा  चार्ज गरिने भएको छ । निर्माण सम्पन्न भएको ४० किलोमिटर लामो प्रसारण लाइन चार्ज गर्न लागिएको हो ।

पुस २९ गते बुधबार प्रसारण लाइन, दाना र कुस्मा सबस्टेसन चार्ज गर्ने तयारी भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार कुनै प्रकारको प्राविधिक समस्या नआएमा तोकिएकै मितिमा लाइन चार्ज गरिने भएको छ ।

‘प्रसारण लाइनमा लोड दिएर चार्ज गर्नुअघि अहिले परीक्षण चलिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै तयारी पूरा भएपछि प्रसारण लाइन सञ्चालन गर्छौं ।’ २०७३ साल भदौबाट निर्माण सुरु भएको प्रसारण लाइनको यो खण्डमा १ सय १० वटा टावर निर्माण गरिएको छ ।

दाना र कुस्मामा २२०/१३२ केभी सबस्टेसन पनि निर्माण गरिएको छ । एशियाली विकास बैंक (एडिबी) को ऋण तथा सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा यो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

पहिलो खण्ड सञ्चालन भएपछि म्याग्दी जिल्लाका विभिन्न नदी खोलामा निर्माण भएका / हुने जलविद्युत आयोजनाको विद्युत कुस्मा (खुकोट) सम्म ल्याई १३२ केभी प्रसारण लाइनमार्फत पोखरा पुर्याइने छ । यो खण्ड सञ्चालन भएपछि यसअघि नै निर्माण सम्पन्न भई पूर्ण क्षमतामा चल्न नपाएका १३.६ मेगावाटको थापाखोला र ५ मेगावाटको घलेम्दी आयोजना जोडिने छन् ।

प्रसारण लाइन अभावमा थापा खोलाको ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जोडिएको छ । बाँकी विद्युत खेर गइरहेको छ ।  अहिले थापाखोला ३३ केभी वैकल्पिक लाइनमा जोडिएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत पनि यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । 

प्रसारण लाइनको पहिलो खण्ड निर्माणमा म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र स्थानीय जनताले पूर्ण सहयोग गरेको आयोजनाले जनाएको छ । आयोजनाले प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वाधार निर्माणको काम समेत गरेको छ ।

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । ८७ किलोमिटर लामो प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये १ सय वटाको मात्रै काम बाँकी रहेको घोषले जानकारी दिए ।

यो खण्डमा केही स्थानमा जग्गाको मुआब्जा विवादले निर्माण प्रभावित हुन पुगेको छ । समस्या नभएका स्थानमा नियमित काम भइरहे पनि मुआब्वा विवाद भएका स्थानमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

वन क्षेत्रको रुख कटान गर्ने स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा कागजात पेश गरिएको छ । प्रसारण लाइनकाे तेस्राे खण्ड (न्यू बुटवल–वर्दघाट) पनि निर्माणाधीन छ । याे खण्ड २० किलाे मिटर लामाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit