काठमाडाैँ । तनहुँ र चितवन भएर बहने सेती नदीमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले विद्युत् ऐन, २०४९ को दफा ४ र विद्युत् नियमावली, २०५० को नियम १२...