विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेवा हब-चांगे १३२ केभी डबल सर्किट प्रसारण लाइन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ताप्लेजुङमा अघि बढाएको प्रसारण लाइनको अध्ययन पूरा हुन लागेको हो ।

मिक्वाखोला गाउँपालिकामा निर्माण हुने मेवा सबस्टेसनदेखि मैवाखोला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणले निर्माण गरीरहेको ढुंगेसाँगु सबस्टेसम्मको प्रसारण लाइन अध्ययन अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो लाइन करिब २० किलोमिटर लामो छ ।

मेवा बेसिन र सहायक खाेलाबाट उत्पादन हुने करिब १ सय ६० मेगावाट विद्युत प्रवाह गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गर्न अध्ययन भइरहेको हाे । प्रसारण लाइन अन्तर्गत मिक्वाखोलामा १३२/३३ केभीको मेवा सबस्टेसन निर्माण हुनेछ ।

प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्न भई प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसुची तयार गरी विद्युत विकास विभागमा प्रस्तुतीकरण सम्पन्न भइसकेको छ । साथै, कम्पनीले प्रसारण लाइन निर्माण गर्न गत कात्तिकमा टेण्डर आह्वान गरेको छ ।

मेवा सवस्टेसनको लागि आवश्यक जग्गा प्राप्तीको काम भइरहेको पनि कम्पनीले जनाएको छ । प्राप्त गर्नुपर्ने जग्गामध्ये ३२–७ रोपनी व्यक्तिगत जग्गाकाे मुआब्जा  निर्धारण गरी वितरण समेत सम्पन्न भइसकेको छ ।

प्रसारण लाइन र सबस्टेसन पूरा गर्न करिब १ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम २०८० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit