images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा विद्युत उत्पादन क्षमता बढ्दै गएसँगै यसको खपतको चुनौति पनि बढ्दै गएको छ । पछिल्लो समय जलविद्युत र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने क्रम बढिरहेको छ ।

विद्युत उत्पादन क्षमता बढेसँगै यसको खपतका लागि सरकारले विद्युतीय सवारीको प्रयोग, विद्युतीय भान्सा, विद्युतीय उपकरणको प्रयोग तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समय सर्वसाधारणले पनि विद्युतीय सवारी, उपकरणको प्रयोग बढाउँदै गएका छन् ।

निजी तथा सरकारी क्षेत्रबाटै आन्तरिक खपत बढाउन विभिन्न प्रयासहरू भइरहेको छ । खपत बढाउनका लागि नै काठमाडौंको भृकुटीमण्डपमा ३ दिन प्रदर्शनी हुँदै छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि तथा इलेक्ट्रिक भेहिकल म्यानुफ्याकचर एण्ड इम्पोटर्स एस्सोसिएसन अफ नेपालको सयुक्त आयोजनामा भदौ १५ देखि १७ गतेसम्म एक्स्पो हुँदै छ ।

एकैपटक नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुने भएको छ ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सवलिकरण गर्न एवम ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्याधिक टेवा पुर्याउने उद्देश्यले एक्स्पो गर्न लागेको हो ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरूको स्टल राख्ने छन् । विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ्ग स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य रहेको छ ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसएआइडी/क्लिन एअर /एफएचआई रहेका छन । साथै ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई–कमर्स  पार्टनरमा दराज रहेको छ । प्रर्दशनीको २०८० भाद्र १५ गते बिहान ११ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit