images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुस्ताङ जिल्लामा चालू आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आगामी असारभित्र सबै घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याउन लागेको हो ।

जिल्लामा अहिलेसम्म ९० प्रतिशत विद्युतीकरण भइसकेको छ । बाँकी १० प्रतिशत विद्युतीकरण कार्यक्रम पनि असारभित्र पूरा भइसक्ने प्राधिकरण तातोपानी वितरण केन्द्र प्रमुख सुनिल सापकोटाले बताए ।

‘यो जिल्लामा अधिकांश ठाउँमा विद्युत पहुँच पुगिसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी रहेका ठाउँमा पनि चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम गरिरहेका छौं ।’ उनले जिल्लामा अब बढीमा ४ सय घरधुरीमा मात्रै विद्युत पहुँच पुग्न बाँकी रहेको बताए ।

तोकिएको समयभित्र पूर्ण विद्युतीकरण गर्न निशेधाज्ञामा पनि नियमित काम भइरहेको उनले बताए । विद्युतीकरण विस्तारका लागि वितरण ट्रान्सफर्मर, डिस्क, पिन, तार, एबिसी केबल, पोललगायत आवश्यक उपकरण जिल्लासम्म पुर्याएर काम जारी राखिएको उनले बताए ।

जिल्लामा विद्युत उपयोग गर्ने सामुदायिकतर्फ ३५ सय ग्राहक छन् । विद्युत प्राधिकरणको सेवा लिने १५ सय ग्राहक छन् । मुस्ताङको छिमेकी म्याग्दी जिल्लामा भने यसअघि नै पूर्ण विद्युतीकरण भइसकेको सापकोटाले बताए ।

भौगोलिकरूपमा विकट तथा थोरै जनसंख्या भएकाले मुस्ताङमा विद्युतीकरण गर्ने कार्य निकै कठिन एवं चुनौतीपूर्ण भएको उनले बताए । जिल्लाको विद्युतीकरण विस्तारका लागि ४५ जनाको समूह दैनिकरूपमा काममा खटिएको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit