विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन सान्जेनका आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइन तयार भएको छ । डेढवर्षअघि देखि निर्माण सुरु भएको लाइनको काम सकिएको हो ।

१४.८ मेगावाटको माथिल्लो सान्जेनदेखि नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनसम्मको ५.९ किलोमिटर लाइनकाे काम पूरा भएको सान्जेन जलविद्युत कम्पनीका इलेक्ट्रिकल इन्चार्ज रविन कोइरालाले बताए । उनका अनुसार लाइनमार्फत निर्माणाधीन माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

‘माथिल्लो सान्जेनदेखि सान्जेनसम्म सिंगल सर्किट र सान्जेनदेखि चिलिमे हबसम्म डबल सर्किट लाइनको टावर खडा गरी तार तान्ने काम सकिएको छ,’  उनले ऊर्जाखबरसँग भने, ‘७ महिनाभित्र माथिल्लो सान्जेनको काम सम्पन्न भएपछि लाइन सञ्चालन गरिनेछ ।’  लाइनमा २० वटा टावर छन् ।

यी दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । माथिल्लो सान्जेनको ९१ प्रतिशत काम पूरा भएको छ ।  आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपलगायत हाइड्रोमेकानिकल उपकरणहरूको जडान कार्य  सम्पन्न भइसकेको छ ।

माथिल्लो सान्जेनको क्यासकेडको सान्जेनको मुख्य सुरुङ र सर्जट्याङ खन्ने कार्य सम्पन्न भई अन्तिम चरणका कामहरू भइरहेका छन् । विद्युतगृहमा उपकरण राखिने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको भौतिक प्रगति  ८३ प्रतिशत छ । यो आयोजनाबाट आगामी ११ महिनाभित्र उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम रोकिएको छ । प्राधिकरणका अनुसार चिनियाँ कामदार आएपछि चिनायाँ तथा नेपाली प्राविधिकहरूबाट विद्युतगृहमा उपकरण जडान कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit