विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभामा निर्माणाधीन ६ मेगावाटको सुपरहेवा जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गर्न १४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति माग्दै प्रवर्द्धक सुपरहेवा पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

प्रसारण लाइन अन्तर्गत चैनपुर नगरपालिकाको वडा नं ४ मा अवस्थित आयोजनाको स्विचयार्डदेखि पाँचखपन नगरपालिका हुँदै चैनपुर नगरपालिकाको वडा नम्बर ८ मा रहेको नेपाल विद्युत प्राधिकरणको २२०/३३ केभी बानेश्वर सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिनेछ । 

प्रवर्द्धक कम्पनीका अनुसार १४.०७ किलोमिटर लामो प्रसारण लाइनमा करिब २५७ वटा टेलिस्कोपिक टुबुलर पोलहरू रहने छन् । पोलहरूको उचाइ १३ मिटर तथा औसत दूरी ५४.७ मिटर हुनेछ । 

१२ महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको प्रसारण लाइन निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय तथा प्रतिक्रिया दिन विभागले सूचना जारी गरेको छ ।

२०८० असारमा आएको बाढीले सुपर हेवासहित यस क्षेत्रमा निर्माणाधीन दजनौँ आयोजनामा क्षति पुर्‍याएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३