images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको १५औं वार्षिक साधारणसभा भदौ ६ गते हुने भएको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको २७७औं बैंठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभा भदौ ६ गते बिहान साढे ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने सेयरधनी सदस्यहरूलाई जानकारी दिएको छ । साधारणसभामा कम्पनीको तर्फबाट अध्यक्षले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा छलफल गरी पारित हुनेछ ।

यस्तै, लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा आव २०७८/७९ को नाफा /नोक्सानको हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्ने कार्यसूची रहेकाे कम्पनीले जनाएको छ । साथै, आव २०७९/८० को लेखापरीक्षणका लागि लेखा परिक्षक नियुक्त गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका विभिन्न सामाजिक तथा अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न समयमा भएको निर्णय बमोजिम आव २०७८/७९ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्न विशेष प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

माथिल्लो तामाकोसीले २०७८ भदौदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यही कम्पनीले २० मेगावाटको रोल्वालिङ खोला निर्माण गरिरहेको छ भने ९९ं५ मेगावाटको तामाकोसी–५ को निर्माण प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit