विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भरतपुर महानगरपालिकाले मत्स्य फार्म सञ्चालन गर्ने व्यवसायीलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । चितवनको पालिकाले मत्स्य फार्मले खपत हुनेमध्ये आधा विद्युत महसुल अनुदान दिने भएको हो ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका मत्स्य फार्मले खपत गर्ने विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिन लागेको महानगरले जनाएको छ । महानगरले मत्स्य पालन गर्ने व्यवसायीलाई विद्युत महसुलमा अनुदान सुविधा लिनका लागि आवेदन पेश गर्न आग्रह गरेको छ ।

महानगरले २०८० साल असार १५ गतेभित्र प्राप्त हुने गरी सम्बन्धित मत्स्य पालक व्यवसायीसँग आवेदन माग गरेको हो । महानगरका अनुसार विद्युत महसुल छुट लिने व्यवसायीले मिटर मत्स्य फार्मको नाममा जडान गरी पोखरीमा पानी भर्ने कार्यका लागि मात्रै प्रयोग गरिएको हुनुपर्नेछ । यस्तै, नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल तिरेको रसिद पेश गर्नुपर्नेछ । 

विद्युत महसुलमा कुनै हर्जना लागेको हकमा भने त्यस बापतको रकम नव्यहोर्ने र अन्य निकायबाट विद्युत महसुलमा अनुदान सुविधा लिइरहेका व्यवसायीको हकमा हकमा भने ती व्यवसायीले यो सुविधा नपाउने महानगरले जनाएको छ ।

तोकिएको प्रक्रिया पूरा गरी कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा वा सम्बन्धित पशु सेवा केन्द्रमा फर्म सूचिकृत गरेको हुनुपर्नेछ । आवेदकले आवेदन आगामी असार १५ गतेसम्म बुझाउनु पर्नेछ ।

आवेदन दिँदा भरतपुर महानगरपालिकाको वडा कार्यालयमा फर्म दर्ता गरेको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र सञ्चालनको नागरिकता प्रमाणपत्रसहित बुझाउनुपर्नेछ । सबै प्रक्रिया पूरा भएपछि विद्युत प्राधिकरणलाई तिरेको महसुलको ५० प्रतिशत रकम महानगरले व्यवसायीलाई भुक्तान गर्नेछ । योग्य मत्स्य फार्मलाई चौमासिक वा एकै पटक विद्युत महसुल अनुदानको सबै रकम बैंक खातामा भुक्तान गर्ने महानगरले जनाएको छ ।

थप जानकारीका लागि

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit