विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीले ९२ जना कर्मचारी मागेको छ । कम्पनीले रसुवास्थित १ सय २० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनाको निर्माण सुरु गर्न कर्मचारी मागेको हो ।

आयोजना प्रमुखदेखि खाना पकाउने कुकको पदपूर्ति गर्न आवेदन खुलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५० जना प्राविधिकतर्फको पदपूर्तिका लागि आवेदन मागिएको छ । 

सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलत इन्जिनियर २० जना मागिएको छ । सम्बन्धित क्षेत्रमा राम्रो अनुभव भएकाले रोजगारीको अवसर पाउने कम्पनीले जनाएको छ ।

यस्तै, आयोजना प्रबन्धक र प्रशासनिक अधिकारी १/१ जना मागिएको छ । ३ जना प्रशासनिक प्रमुख, १० जना फोरम्यान, ५ जना सुपरभाइजर र एकजना खाना पकाउने कुक पनि मागिएको छ । १ जना चिनियाँ भाषा अनुवादकसमेत मागिएको छ ।

इच्छुक योग्य व्यक्तिले पुस २३ गतेभित्र [email protected] मार्फत आवेदन दिइसक्नुपर्नेछ ।  सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेर कर्मचारी छनोट गरिने कम्पनीको पदपूर्ति समितिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit