विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर ७, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
प्रधानमन्त्रीकाे भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल–भारत पेट्रोलियम पूर्वाधार सहकार्यका दुई महत्त्वपूर्ण परियोजना अघि बढेका छन् । भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ भने सिलिगुडी–झापा पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाहले सोमबार संयुक्त पत्रकार सम्मेलनका क्रममा रिमोटमार्फत भर्चुअल उद्घाटन गरेपछि पाइपलाइनको दोस्रो चरण औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको हो । यससँगै भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने पूर्वाधार थप विस्तार भएको छ ।

त्यसैगरी, भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार र झापामा भण्डारण टर्मिनल निर्माण गर्ने परियोजनाको पनि शिलान्यास भएको छ । प्रारम्भिक लागत अनुमानअनुसार करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ (२ अर्ब ७८ करोड भारु पाइपलाइन र ५ अर्ब भारु टर्मिनल) लागतमा निर्माण हुने यो परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको ढुवानी लागत ४० देखि ५० प्रतिशतसम्म घट्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनले देखाएको छ । पाइपलाइनमार्फत इन्धन आपूर्ति गर्दा हालको ट्यांकरमा आधारित ढुवानी प्रणालीमा निर्भरता घट्ने र आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी परियोजना नेपालको पेट्रोलियम पूर्वाधार विकास र ऊर्जा सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएका छन् । दुवै पूर्वाधार निर्माण तथा सञ्चालनमा आएपछि इन्धन ढुवानी खर्च घट्नुका साथै आपूर्ति प्रणाली थप सुरक्षित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३