विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर ७, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नदीमा रहेको स्वच्छ ऊर्जा उत्पादनको अपार सम्भावना र भारतको विशाल ऊर्जा बजारलाई नेपालको आर्थिक समृद्धिको बलियो आधार बनाउन सकिने बताएका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका अवसरमा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको जलविद्युत् सम्भावनालाई भारतको ऊर्जा बजारसँग जोडेर दुई देशको आर्थिक साझेदारी थप बलियो बनाउन सकिने बताएका हुन् ।

उनले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा अरुण–३ जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धतालाई यही साझा दृष्टिकोणको हिस्सा भएको उल्लेख गरे । नेपालका नदीमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको र त्यसको उपयोगबाट नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने उनको भनाइ थियो ।

मोदीले ऊर्जा सहकार्यसँगै पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको पनि बताए । विश्व परिवेशमा यस वर्ष पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर समस्या देखिए पनि भारतले नेपालमा पेट्रोलियम पदार्थ, मलखाद तथा अन्य आवश्यक वस्तुको आपूर्ति नियमित राखेको उनले उल्लेख गरे ।

नेपाल–भारतबीचको ऊर्जा तथा पेट्रोलियम पूर्वाधार सहकार्यलाई थप विस्तार गर्ने क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सुरुवात र झापामा पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास महत्त्वपूर्ण उपलब्धि भएको मोदीले बताए ।

यी परियोजनाले दुई देशबीचको साझेदारीलाई थप मजबुत बनाउने उनको विश्वास थियो । मोदीको मन्तव्यले जलविद्युत् उत्पादन र व्यापारदेखि पेट्रोलियम पूर्वाधार तथा अत्यावश्यक वस्तुको आपूर्तिसम्म नेपाल–भारत सहकार्यलाई विस्तार गर्ने भारतको प्राथमिकता प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३