विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अर्घाखाँचीस्थित ३३/११ केभी दुर्गाफाँट सबस्टेसन नो लोडमा चार्ज गरिएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसन चार्ज गरिएको हो ।

सबस्टेसनको आगामी बिहीबार (पुस २३ गते) औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरण अर्घाखाँची वितरण केन्द्र प्रमुख किरण खनालले बताए । उनका अनुसार उद्घाटनकै दिनदेखि सबस्टेसमा लोड दिएर चार्ज गरिने भएको छ ।

आयोजना अन्तर्गत मथुराबेंसीदेखि दुर्गाफाँटसम्म १५ किलोमिटर प्रसारण लाइन पनि निर्माण गरिएको उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उनको गृह जिल्लामा निर्माण भएको सबस्टेसनको उद्घाटन गर्दैछन् । 

‘सबस्टेसन र लाइन सञ्चालनका लागि तयारी अवस्थामा छन्’, उनले ऊर्जा खबरसँग भने, ‘केही दिनमा लोड दिएर परीक्षण गर्दैछौं । उद्घाटनपछि औपचारिकरूपमा सञ्चालन हुन्छ ।’ सबस्टेसनबाट ३ वटा ११ केभी वितरण लाइन सञ्चालन गरिने पनि उनले बताए । सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

अब नयाँ सबस्टेसनमा सन्धिखर्क सबस्टेसनको बढी भएको लोड सारेर आपूर्ति व्यवस्था मिलाइने उनले बताए । यसअघि दुर्गाफाँट क्षेत्रमा सन्धिखर्क सबस्टेसनबाट आउने ११ केभी फिडरमार्फत विद्युत वितरण हुँदै आएको थियो । वितरण लाइन धेरै लामो हुँदा प्राविधिक चुहावटको समस्या थियो ।

दुर्गाफाँटमा सन्धिखर्क सबस्टेसनको लोड सारेपछि वितरण प्रणालीको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । सबस्टेसन र प्रसारण लाइन १२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो । सबस्टेसन र लाइन त्रिपुरेश्वर जयदूर्गे जेभीले निर्माण गरेकाे हाे ।

दुर्गाफाँट सबस्टेसन र वितरण लाइन वितरण प्रणाली सुदृढिकरण आयोजनाका १२ वटा प्याकेजमध्येको ९औं आयोजना हो । ३ आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit