विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन आयोजनामा कार्यरत कर्मचारी एवं कामदारमा कोरोना (कोभिड–१९) संक्रमण बढ्दै गएको छ । निर्माणाधीन आयोजनामा बिना अवरोध काम भइरहेकाले पनि काेराेना संक्रमणकाे क्रम बढ्न थालेको हो ।

संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनामा कार्यरत ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गरिएको स्वाब परीक्षणपछि उनीहरूमा कोरोना संक्रमण पुष्टी भएको हो ।

ठेकेदार कम्पनीका ३६ कामदारको स्वाब परीक्षण गर्दा ३३ जनामा संक्रमण भएको मायाखोला हाइड्रो पावर कम्पनीका सञ्चालक विजयमान शेरचनले बताए । ‘सुरुमा एक जना कामदारमा कोरोनाको लक्षण देखिएकाले परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ उनले ऊर्जा खबरसँग भने, ‘मंगलबार फेरि संगै काम गरिरहेका बाँकी कामदारको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टी भयो ।’

संक्रमित सबैको उपचारका लागि जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको अस्पतालमा भर्ना गरिएको शेरचनले जानकारी दिए । संक्रिमित सबैको उपचारका लागि नगरपालिकाले नै उपचारको व्यवस्थापन गरिदिएको हो ।

कामदार संक्रमित भएपछि अहिले आयोजनाको निर्माण बन्द गरिएको छ । कामदार निको नहुन्जेलका लागि आयोजनाको काम रोकिएको उनले बताए । आयोजनाको ६० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ ।

समुन्द्रटार–त्रिशुली प्रसारण लाइन र ३‘बी’ हब सबस्टेसनमा कार्यरत ११ जना संक्रमित
निर्माणाधीन १३२ केभी समुन्द्रटार–त्रिशुली डबल सर्किट प्रसारण लाइन र त्रिशुली ३‘बी’ हब सबस्टेसनमा कार्यरत ११ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । स्वाब परीक्षणपछि उनीहरूमा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्रिशुली ३‘बी’ सबस्टेसनका १ जना कर्मचारीलाई लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको समुन्द्रटार–त्रिशुली प्रसारण लाइन आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । ‘लक्षण देखिएको कर्मचारीको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ उनले ऊर्जाखबर सँग भने, ‘पछि बाँकी १६ जनाको गर्दा थप १० कर्मचारीमा पनि संक्रमण पुष्टी भयो ।’

संक्रमण पुष्टी भएका ६ जना त्रिशुली ३‘बी’ हबको कार्यालयमा क्वारेन्टीनमा बसेका छन् । बाँकी ५ जनालाई समुन्द्रटार–त्रिशुलको कार्यालयमा क्वारेन्टीनमा राखिएको थापाले बताए । अहिले संक्रमित कर्मचारीको अवस्था सामान्य छ । उनीहरूमा कुनै प्रकारको गम्भिर लक्ष्य देखिएको छैन ।

गत आइतबार परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका बाँकी ६ जना कर्मचारीको शुक्रबार (भोलि) पुनः परीक्षण गरिने पनि थापाले बताए । देशभर कोरोनाको संक्रमण बढदै जाँदा जलविद्युत तथा प्रसारण लाइन आयोजनामा कार्यरत कामदार तथा कर्मचारी संक्रमण हुने क्रम पनि बढेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit