विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी हेटौँडा–परवानीपुर–पोखरीया प्रसारण लाइनको काम ३ वर्षमा सम्पन्न गर्ने भएको छ । मधेश प्रदेश अर्न्तगत बारा जिल्लाको जितपुर सिमरा उपमहानगरिपालिकाको वडा नम्बर २३ स्थित परवानीपुर सबस्टेसनदेखि पर्सा जिल्लाको पोखरिया नगरपालिकामा प्रस्तावित पोखरिया सबस्टेसनसम्मको लाइन ३ वर्षमा पूरा गर्ने भएको हो ।

२५० मेगावाट विद्युत प्रवाह हुने २०.७१६ किलोमिटर लामो १३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अध्ययन पुरा भएको आयोजनाको निर्माण अनुमतिका लागि विद्युत विकास आवेदन दिएको छ ।

विभागले ३५ दिने सूचना जारी गर्दै प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे विभागको कार्यालयमा आइपुग्ने गरी आफ्नो राय÷सुझाव पठाउन आग्रह गरेको छ ।

प्रसारण लाइन निर्माण गर्दा ६२ वटा टावरहरू हुनेछन् । जमिनको सतहबाट टावरको उचाई ३५ मिटर देखि ४० मिटर सम्म रहने तथा टावरहरू वीचको दुरी २०० मिटर देखि ५०० मिटरसम्म हुनेछ ।

आयोजना निर्माणका लागि कुल ४४.५८९४ हेक्टर जमिन आवश्यक पर्नसक्ने अध्ययनले देखाएको छ । जसमध्ये सबस्टेसन र टावर निर्माणका लागि ८.३७५ हेक्टर जग्गा अधिग्रहण गर्ने र ३५.७१४४ हेक्टर जग्गा विद्युत मार्गको अधिकार क्षेत्रका लागि तथा ०.५ हेक्टर भण्डारण तथा शिविरका लागि प्रयोग गरिनेछ ।

प्रसारण लाइनको काम २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य रेहेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू-क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit