विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाली (इन्डोनेसिया) । सरकारी प्रतिनिधि, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुललाई भेटी नेपालको जलविद्युत् विकासमा लगानी भित्र्याउन आग्रह गरेको छ । बालीमा कात्तिक १४ गतेदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’का क्रममा यस्तो आग्रह गरिएको हो ।

बिज बेल इनर्जी प्रालिका संस्थापकसमेत रहेका ‘इन्टरनेशनल हाइड्रो पावर एसोसिएसन (आइएचए) का’ नवनियुक्त उपाध्यक्ष सुशील पोखरेलले समन्वय गरेको उक्त भेटमा नेपाल जलविद्युत्मा लगानी गर्ने आकर्षक गन्तव्य रहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराइएको थियो । नेपालले जलविद्युत् विकासलाई आर्थिक विकासको प्रमुख आधार बनाउँदै लगेको हुँदा पनि यसमा अन्तर्राष्ट्रिय सहयोगको खाँचो महसुस भएको बताइयो ।

भेटका क्रममा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले लगानी विस्तार र विद्युत बजारका सन्दर्भमा नियामकीय पाटोबाट आयोगले पर्याप्त काम गरेको जानकारी गराए । नियामकीय दृष्टिकोणबाट विदेशी लगानीलाई सहजीकरण गर्न आफू सधैँ तयार रहेको उनको भनाइ थियो ।

उता, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले नेपालसँग विद्युत् खरिद सम्झौता भएका प्रशस्त आयोजना रहेको हुँदा यसमा पर्याप्त लगानी आवश्यक रहेको बताए । ‘हामीसँग आयोजना छन्, भारतीय विद्युत् बजार पनि खुला हुँदै गएको हुँदा बजारको पनि सुनिश्चितता हुँदै गएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय लगानी भित्र्याउन यहाँहरूले आवश्यक सहयोग गरिदिनुहुने छ भन्ने चाहन्छौं ।’

सोही क्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारीले पूरै दक्षिण एसियाको नवीकरणीय ऊर्जामा नेपालले ब्याट्रीको भूमिका निर्वाह गर्न सक्ने हुँदा यसमा विदेशी लगानीको अपरिहार्यता महसुस भएको बताए । ‘भारत तथा बंगलादेशमा कोइलाबाट प्रवाहित बिजुलीको हिस्सा बढी रहेकोले प्रणाली सन्तुलनका लागि पनि जलविद्युत् एकमात्र विकल्प हो,’ उनले भने, ‘हामीले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरेर पर्याप्तमात्रामा प्रसारण लाइनमा समेत काम गरिरहेका छौं ।

नेपालले निकट भविष्यमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्दै शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई समेत भेट्नुपर्ने हुँदा यसमा अन्तर्राष्ट्रिय लगानीकर्ता तथा वित्तीय संस्थाहरूबाट उचित सहयोगको अपेक्षा गरिएको पनि अधिकारीले बताए । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ ।

‘हिजोको तुलनामा भारतले नेपाललाई ज्यादै निकटताबाट हेरिरहेको छ, नेपाल–भारतबीच एउटा ४०० केभीको प्रसारणलाई निर्माण भई सञ्चालनमा आइसकेको छ,’ प्रसारण लाइनको प्रयाप्तता नरहेको हुँदा भारत तथा बंगलादेशसम्म नेपालले कसरी बिजुली निर्यात गर्न सक्छ भन्ने टर्नबुलको प्रश्नको जवाफ दिँदै अधिकारले भने, ‘अरू लाइनहरू निर्माणमा पनि हामीले सहकार्य गरिरहेका छौं । उता बंगलादेशसम्म जान पनि भारत र बंगलादेशको उच्च तहसँग निरन्तर वार्ता र छलफल हुँदै आएको छ ।’ यसबाट नेपाल निकै सकारात्मक र आशावादी रहेको उनले प्रस्ट्याए ।

यसैगरी, ऊर्जा डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सल्लाहकार भानु पोखरेलले अब जलविद्युत् विकासमात्रै होइन दिगो जलविद्युत् विकासको युग सुरु भएकोले नेपालले सोही अनुसारको लगानी बढाउँदै जानुपर्ने बाध्यता रहेको बताए । ‘पछिल्ला दशकहरूमा नेपालको निजी क्षेत्रले जलविद्युत् विकासमा आशायुक्त फड्को मारेको र यसबाट सरकारलाई समेत ठूलो सहयोग पुगेको छ,’ उनले भने, ‘माई बेनी जलविद्युत् केन्द्र गोल्ड सर्टिफाइड भएकोले अरू आयोजनामा समेत यसैगरी काम भइरहेको छ ।’ यही कारण, नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको गन्तव्य बनाउनुपर्नेमा उनले जोड दिए ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलसँग इन्डाेनेसियाकाे बालीमा नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूसँगकाे भेटवार्ता । तस्बिर: ऊर्जा खबर 

नेपाली टोलीको प्रस्तुति सुनेपछि टर्नबुलले नेपालको जलविद्युत्‌मा दक्षता विकास, लगानी र अन्य समसामयिक पक्षमा सक्दो सहयोग गर्ने बाचा गरे । ‘नेपालले विद्युत् विकासको गतिलाई तीव्रता दिइरहेकोले हामीलाई खुशी लागेको छ, अब जलविद्युत्मा पनि पम्प स्टोरेज आयोजना विकास गर्दै जानुपर्छ,’ उनले भने, ‘यसले मात्र नेपालको दिगो र भरपर्दो ऊर्जा विकासको लक्ष्य पूरा हुन सक्छ । साथै, यसबाट विश्व जगतले समेत फाइदा लिन सक्छ ।’

भेटका क्रममा नेपाली टोलीले मानव संसाधान र क्षमता विकासमा समेत पर्याप्त लगानी गर्नुपर्ने खाँचो औंल्याइएको थियो । यसलाई प्रस्ट पार्दै आइएचएका प्रमुख कार्यकारी अधिकृत इडी रिचले नेपालको अपेक्षा अनुसार सहयोग उपलब्ध गराउन प्रयास गर्ने बताए । उनले यसमा भर्खरै उपाध्यक्ष चुनिएका पोखरेलको समेत विशेष भूमिका हुने उल्लेख गरे । पोखरेलले पनि आइएचएमार्फत नेपालमा लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

सँगसँगै, इपानकी सचिव कविता कँडेलले नेपालको जलविद्युत् विकासमा महिलहरूको उपस्थिति कमजोर रहेको हुँदा त्यसमा पनि अन्तर्राष्ट्रिय लगानीकर्ताको ध्यान जानुपर्ने बताइन् । नेपाली टोलीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिृकत अर्जुनकुमार गौतम, प्राधिकरण विद्युत् विकास विभागका निर्देशक नसिबमान सिंह प्रधान, ऊर्जा डेभलपर्सका गणेशप्रसाद न्यौपाने एवम् एनएचए र बिजबेलका प्रतिनिधि लगायत डेढ दर्जन ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit