विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गाेर्खाज हिमालयन हाइड्रो प्रालिले ४.७ मेगावाटको माथिल्लो जुनबेँसी जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा पहिचान भएको उक्त आयोजना अघि बढाउन विभागमा आवेदन दिएको हो ।

सोलुखुम्बु जिल्लाको सोलूदुधकुण्ड नगरपालिक भएर बग्ने कोन्जोक खोला र बासा खोलामा पहिचान भएको आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पुरा भएको आयोजना अघि बढाउन लागेको हो ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले सूचना जारी भएको मितीले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

राय/सुझाव विभाग वा प्रवर्द्धक कम्पनीको कार्यालयमा आईपुग्ने गरी पठाउनुपर्नेछ । यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको भएको र यसको जडित क्षमता ४.७ मेगावाट हुनेछ । 

यो आयोजनाको डिजाइन बहाव २.८ घनमिटर प्रतिसेकेन्ड र कुल हेड २०० मिटर हुने अध्ययनले दखाएको छ । आयोजनाबाट वार्षिक सरदर २८.८८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । यस आयोजनामा दुई वटा बाँध हुनेछन् । मुख्य बाँध कोन्जोक खोलामा रहेनेछ । बासा खोलामा बनेको बाँधबाट कोन्जोक खोलाको दायाँ पट्टिबाट इन्टेक, ग्रावेल ट्राप र क्यानल हुँदै बासा खोलाको डिस्चार्ज कोन्जोक खोलामा खसालिनेछ ।

विद्युत उत्पादनका लागि ९.८० मिटर बाँध बाधी बासा खोलाको पानीलाई कोन्जोक खोलामा मिसाई सोही खोलामा ८ मिटरको बाँध बनाइनेछ । २५.५ मिटर लम्बाई, १६.७० मिटर चौडाई र ९.४० मिटर उचाई भएको विद्युत गृहमा २ वटा २४३० किलोवाट क्षमताको पेल्टन टर्बाइनहरूमा पानी खसाली सो टर्बाइनसँग जोडिएको दुईवटा २७७० केभी को जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

उत्पापदित ऊर्जालाई विद्युतगृहको स्वीच्यार्डमा जोड्न २२ किलोटर लामो ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडिनेछ । यो आयोजनाबाट २०८३ असोज १४ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit