विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतको उच्च माग कम हुँदै गए पनि भारतबाट हुने आयात परिमाणमा भने दिनहुँ बृद्धि भइरहेको छ । सुख्खायाम लागेसँगै नदी तथा खोलामा पानीको बहाब घटेर आन्तरिक उत्पादन न्यून हुँदा आयातित विद्युत परिमाण बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार मंगलबार (फागुन १८ गते) भारतका विभिन्न नाकाबाट अहिलेसम्मकै बढी ७२२ मेगावाट विद्युत आयात भएको छ । याे कूल मागको ५३.४४ प्रतिशत हो । यसअघि गत माघ १६ गते ७ सय १५ मेगावाट विद्युत आयात गरिएको थियो ।

यो समयमा आन्तरिक उत्पादन भने ६ सय २९ मेगावाटमा सिमित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । ‘हाम्रा नदी तथा खोलामा पर्याप्त विद्युत उत्पादन हुने गरी पानी छैन,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘कुलेखानी जलाशय पनि यो वर्ष धेरै सञ्चालन भइसक्यो । जलाशयलाई लोड कम होस् भनेर आयात बढाइएको हो ।’ 

नदी प्रवाही जलविद्युतगृहले उत्पादन घटाएपछि माग र आपूर्ति व्यवस्थापन मिलाउन हिउँदमा अझै भारतको विद्युतमा भर पर्नुको विकल्प नरहेको उनले प्रष्ट पारे । कुलेखानी जलाशय आवश्यकता अनुसार २४ घन्टा चलेकाले अहिलेसम्म पानीको सतह ५ मिटर घटिसकेको उनले बताए ।

यो वर्ष हिउँदमा गत वर्षको अनुपातमा विद्युतको माग बढे पनि निजी क्षेत्रको आन्तरिक उत्पादन भने घटेको बताए । गत वर्ष फागुन १८ गतेको विद्युतको उच्च माग ११ सय ९० मेगावाट थियो । मंगलबारको उच्च माग १३ सय ५१ मेगावाट छ । यो उच्च माग गत वर्षकोभन्दा यही दिनकाेभन्दा १ सय ६१ मेगावाट बढी हो ।

गत वर्ष यही दिनको विद्युत प्राधिकरणका विद्युतगृहको उत्पादन ३ सय ९७ मेगावाट रहेकोमा यो वर्ष ४ सय १६ मेगावाट रहेको उनले जानकारी दिए । निजी क्षेत्रका जलविद्युतगृहले गत वर्ष यही दिन २ सय ४६ मेगावाट विद्युत उत्पादन गरेकोमा मंगलबार घटेर २ सय १३ मेगावाटमा झरेको प्राधिकरणले जनाएको छ । 

निजी क्षेत्रको जडित क्षमता ७३९.५ मेगावाट पुगे पनि नदी प्रवाही जलविद्युतगृह भएकाले हिउँदको उत्पादन कम हुने गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएकाले समेत निजी क्षेत्रको उत्पादन धेरै घटेको छ ।

आन्तरिक उत्पादन कम भएकै कारण ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आउने विद्युत बढाउनु परेको उनले बताए । नदी खोलामा पानीको सतह कम हुन थालेपछि आन्तरिक उत्पादन घट्न सुरु गरेकाले गत मंसिरदेखि विद्युत आयात परिमाण क्रमशः बढ्दै गएको छ ।

तापक्रम बढेर नदी खोलामा पानीको सतह बढ्न सुरु नगरुन्जेल आयात घटाउन नसकिने प्राधिकरणको भनाई छ । प्राधिकरणले दार्चुला, कञ्चनपुर, बाँके, नवलपरासी, पर्सा, सिराहा, मोत्ततरी, धनुषा, सुनसरी र मोरङ जिल्लाका विभिन्न नाकाबाट विद्युत आयात गर्दछ । यी नाकाबाट आउने विद्युतको महसुल फरक–फरक छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit