विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चितवन । नेपाल विद्युत प्राधिकरणको चितवनस्थित भरतपुर सबस्टेसनबाट विद्युत आपूर्ति सुचारु गर्न अझै ८ घन्टा लाग्ने भएको छ । सबस्टेसनमा जडान भएका २ वटै पावर ट्रान्सफर्मरमा समस्या आएकाले मर्मत गरी आपूर्ति सुचारु गर्न समय लाग्ने भएको हो ।

अहिले प्राविधिक टोलीले बिग्रएको ट्रान्सफर्मर हटाई नयाँ जडान गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बिग्रिएको पावर ट्रान्सफर्मर हटाएर २२.५ एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर राख्ने कार्य भइरहेको छ ।

अहिले एउटा ट्रान्सफर्मर मात्रै फेर्ने काम भइरहेको छ । अर्को ट्रान्सफर्मर पोखराबाट चितवन आइपुगिनसकेकाले फेर्न समय लाग्ने देखिएको हो ।

सबस्टेसनमा जडान भएका २ वटै पावर ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिकाको १ देखि १३ र २९ नम्बर वडाको विद्युत आपूर्ति मंगलबार दिउँदोदेखि नै बन्द छ । यहीबाट आपूर्ति हुने तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध छ । 

अहिले जडान भइरहेको २२.५ एमभिएको ट्रान्सफर्मर सञ्चालनमा आएपछि अवरुद्ध विद्युत आपूर्ति सुचारु हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तिहारको समयमा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले चितवन पुगेको छ ।

घिसिङले जनशक्ति थपेर भए पनि सम्भव भएसम्म चाँडो विद्युत आपूर्ति सुचारु गरिने बताए । ‘तिहारको समयमा उपभोक्ताको घरमा बत्ती निभ्नु हुँदैन भनेर कर्मचारी साथीहरू सबस्टेसनको मर्मतका लागि खटिनु भएको छ,’ उनले भने, ‘भएको जनशक्तिले पुगेन भने थपेर भए पनि तत्काल आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।’ उनले तत्कालका लागि उद्योगको आपूर्ति कटौती गरी भरतपुर क्षेत्रमा ग्राहस्र्थवगलाई तिहारमा बत्ती बाल्ने व्यवस्था मिलाउन प्रयास गरिने बताए ।

सबस्टेसनमा जडान भएका २ मध्ये एउटा ट्रान्सफर्मरमा शनिबार बिहानबाट समस्या देखिएको थियो । एउटामा समस्या देखिँदा अर्कोबाट आपूर्ति व्यवस्था मिलाइएकोमा यसमा पनि मंगलबार साँझबाट समस्या देखिएपछि भरतपुर क्षेत्र अन्धकारमय हुन पुगेको हो । 

सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट बञ्चित हुन पुगेको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र प्रमुख राजीवकुमार सिंहले बताए । घरायसी ग्राहकको घरमा आपूर्ति ठप्प भए पनि अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन  तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको उनले बताए । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit