विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले दुई दिनमा २१७ ग्राहकको लाइन काटेको छ । केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको ग्राहकहरूको लाइन काटेको हो ।

लामो समयसम्म विद्युत महसुल बक्यौता बाँकी रहेका ग्राहककाे लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । उनकाअनुसार बिहीबार १०४ ग्राहकको लाइन काटियो, उनीहरूबाट १९ लाख २१ हजार ३४० रुपैयाँ असुल गर्न बाँकी थियो । ८६ ग्राहकले १३ लाख २७ हजार ७७५ रुपैयाँ महसुल बक्यौता बुझाएपछि उनीहरुको लाइन पुनः जोडिएको छ ।

यसैगरी, शुक्रबार ११३ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १३ लाख ८१ ह्जार १७८ रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी रहेको सिंहले बताए । साथै, ९३ ग्राहकले १० लाख ८६ हजार ६०६ रुपैयाँ महसुल बुझाएपछि लाइन पुनः जोडिएको छ ।

केन्द्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकको लाइन काटि बक्यौता महसुल उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ । बुधबार मात्र महसुल नबुझाउने १० सरकारी कार्यालयको लाइन काटेको थियो ।

यसैगरी, कारागार कार्यालय कास्कीको पनि लाइन काट्ने तयारी भइरहेको सिंहले बताए । कारागारले करिब साढे १९ लाख रुपैयाँ विद्युत् महसुल बक्यौता बुझाउन बाँकी छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कारागारले थप समय मागेपछि एक साता समय दिइएको छ । आइतबारसम्म महसुल नबुझाए लाइन काटिने उनले जानकारी दिए ।

याे पनि पढ्नुहाेस

विद्युत् महसुल नतिर्ने गण्डकीका १२ सरकारी कार्यालयको लाइन काटियो

१ करोड ५६ लाख बक्यौता असुल गर्न २६ सय ग्राहकको लाइन काटियो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit