images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशको विभिन्न ठाउँमा जलविद्युत् आयोजना निर्माण गरिरहेका ३ जलविद्युत् कम्पनीले करिब ४९ लाख कित्ता सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसधारणका लागि सेयर निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । उक्त कम्पनीहरूले ४८ लाख ८५ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन माग गर्दै आवेदन दिएको बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार आवेदन दिएकामध्ये सबै भन्दा बढी लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ । 

यो कम्पनीले २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले भोजपुरमा १४.१५ मेगावाटको लोअर इर्खुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अहिले आयोजनाको अन्तिम चरणको काम भइरहेको भइरहेको छ । 

हिम रिभर पावर लिमिटेडले पनि १३ लाख ३० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।  कम्पनीले अहिले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिमा १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस्तै, कालिन्चोक हाइड्रो पावर लिमिटेडले ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit