विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आज (फागुन २० गते बिहीबार) गत आर्थिक वर्ष (२०७६/७७) मा आर्थिक बृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक रहने संशोधित अनुमान सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण अर्थतन्त्र चलायमान नहुँदा बृद्धिदर स्वाट्टै घटेर ऋणात्मक विन्दुमा पुग्ने अनुमान गरिएको हो ।

विभागका अनुसार गत आवको जेठ महिनाबाट नियमित हुने अनुमान गरिएका प्रायः आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको र असार मसान्तसम्म नै बन्दाबन्दी (लकडाउन) रहेको हुँदा आर्थिक बृद्धिदर अनुमान गरे भन्दा निकै घटेर १.९९ प्रतिशत हुने देखिन्छ । गत आवमा सरकारले गरेको लकडाउनको सबैभन्दा ठूलो असर घरायसी उपभोगमा देखिएको छ ।

सोही अवधिमा विद्युत् तथा ग्यास क्षेत्रको बृद्धिदर भने २५.६ प्रतिशत हुने अनुमान गरिएको छ । विद्युत् उत्पादनमा आएको बृद्धिसँगै खपतमा पनि सुधार देखिएको हुँदा यस क्षेत्रको बृद्धि धनात्मक देखिएको विभागको निष्कर्ष छ ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले सरकार हातमा लिँदा र २०७२ सालको महाभूकम्पका बेला पनि अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो । तर, ऋणात्मक अवस्थामा भने पुगेको थिएन । विभागले चालू आवको पहिलो त्रैमासिकको आर्थिक बृद्धि ४.६ प्रतिशतले ऋणात्मक रहेको उल्लेख गरेको छ ।

दोस्रो त्रैमासिकबाट भने अर्थतन्त्र अंग्रेजी अक्षर ‘भि’ आकारमा सुधारतर्फ अगाडि बढेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । ‘विभागले गत आवमा २.२७ प्रतिशत आर्थिक बृद्धिको अनुमान गर्दा जेठदेखि अर्थतन्त्रका गतिविधि सामान्य हुने प्रक्षेपण गरिएको थियो,’ उनले भने, ‘लकडाउन लम्बिएका कारण गत बैशाखदेखि असारसम्म आर्थिक बृद्धि १५.४ प्रतिशतले ऋणात्मक हुन गयो ।’

विभागले अहिलेसम्म राष्ट्रिय लेखा तथ्यांक गणना गर्दा लिइएको आधार वर्ष सन् २०००/०१ लाई सन् २०१०/२०११ ले प्रतिस्थापन गरेको जनाएको छ । विकसित वा अन्य देशले ५ वा ७ वर्षमा आधार वर्ष परिवर्तन गर्ने गरे पनि नेपालको हकमा १०–१० वर्षमा यो परिवर्तन गर्ने गरिएको छ ।

यसरी आधार वर्ष परिवर्तन गर्दा अर्थतन्त्रको स्तर १४ प्रतिशतले बढेको पनि विभागले जानकारी दिएको छ । गत आवमा अर्थतन्त्रको आकार करिब ३७ खर्ब रुपैयाँको हुने अनुमान गरिएकोमा नयाँ प्रणालीमा लेखा तथ्यांक मापन गर्दा यो बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit