विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत चार जना निर्देशकहरू उपकार्यकारी निर्देशक (१२औँ तह) मा बढुवा भएका छन् । प्राधिकरणको पदपूर्ति समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बढुवा हुनेमा निर्देशक (११औँ तह) हरू किरणकुमार श्रेष्ठ, नवराज ओझा, अनिलमान श्रेष्ठ र बेलप्रसाद शर्मा रहेका छन् । बढुवा भएका मध्ये ओझा, किरणकुमार र अनिलमान प्राविधिक सेवातर्फका अनुभवी अधिकारी हुन् भने बेलप्रसाद शर्मा प्रशासन सेवातर्फबाट बढुवा भएका हुन् । लामो समयदेखि प्राधिकरणमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनीहरूले विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएका छन् ।

शर्माले भने कानुन र प्रशासनतर्फको जिम्मेवारी संहाल्दै आएका थिए । निज बढुवा हुनेहरूलाई आगामी १५ दिनपछि जिम्मेवारी तोकिने प्राधिकरणले जानकारी दिएको छ । हाल ओझा बागमति प्रादेशिक कार्यालयको प्रमुख, किरण प्राविधिक सेवा विभाग, अनिल सूचना प्रविधि विभाग र शर्मा कानुन विभागको निर्देशकको जिम्मेवारीमा छन् । 

प्राधिकरणले पछिल्ला वर्षहरूमा देशभर विद्युत् पूर्वाधार विस्तार, प्रसारण लाइन निर्माण र विद्युत् आपूर्ति व्यवस्थापनलाई तीव्रता दिइरहेको अवस्थामा अनुभवी जनशक्तिको पदोन्नतिले संस्थागत नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्राधिकरणका अनुसार पदोन्नति भएका अधिकारीहरूले आगामी दिनमा संस्थाको नीति कार्यान्वयन, आयोजना व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३