विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४०० केभी खिम्ती–बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइन आयोजना अन्तर्गतको बाह्रबिसे सबस्टेसन निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अपुग भएपछि जग्गा प्राप्तिकाे प्रक्रिया अघि बढाएको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ बेतेमा निर्माणाधीन सबस्टेसनको पूर्वाधार निर्माणका लागि स्थायी जग्गा अधिग्रहण गर्न लागेको प्राधिकरणले  जनाएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सूचना सार्वजनिक गर्दै जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको हो ।

सरोकारवाला व्यक्तिहरूलाई मुआब्जा दाबी गर्न रितपूर्वक १५ दिनभित्र निवेदन दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिएको छ । ११ जना  व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको छ । गोविन्द्रबहादुर बस्नेत, लालिमाया तामाङ, नविन कुथु श्रेष्ठ, कृष्णबहादुर राउत, आखले कामी, गीता श्रेष्ठ, सावित्री खड्का, प्रेम बहादुर पौडेल,दिनेश बस्नेत, कृष्ण माया बस्नेतको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको हो ।

प्राधिकरणले लाइनको खिम्ती–बाह्रबिसे खण्ड आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit