विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गरेको करिब १ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणको सिरहा वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।

महसुल नतिरेका ९ सय ९१ जना ग्राहकको लाइन काटिएको वितरण केन्द्रले जनाएकाे छ । यी ग्राहकबाट  २ करोड ८३ लाख ५० हजार रुपैयाँ उठाउन बाँकी थियाे ।

केन्द्रका अनुसार ग्राहकको लाइन काटेर कारबाही गरेपछि ८ सय २८ जनाले जरीवानासहितकाे २ करोड १ लाख १४ हजार ३ सय ४५ रुपैयाँ बुझाएपिछ लाइन पुन जाेडिएृकाे छ ।  केन्द्र अन्तर्गत लामाे समयसम्म महसुल नतिर्ने ग्राहकबाट १८ करोड १६ लाख २४ हजार १ सय ७७ रुपैयाँ उठाउनु पर्ने छ । केन्द्रले महसुल नतिर्ने ग्राहककाे लाइन काटी बक्याैता उठाउने कामलाइ तीव्र गतिमा अघि बढाएकाे छ ।

याे अवधिमा केन्द्रले  विद्युत चोरी गर्ने १६२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । उनीहरूबाट १३ लाख २३ हजार १ सय ६३ रुपैयाँ असुल गरिएको छ । वितरण केन्द्र अन्तर्गत ४२ हजार ७ सय ६२ जना ग्राहक छन् । केन्द्रको चुहावाट भने १९.१० रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit